हिन्दूराष्ट्र कायम गर्न क्षत्री समाजको आन्दोलन

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५
chhetri samaj_Fotor

पोखरा, २० चैत। राप्रपा, नेपाली काँग्रेस लगायत राजनीतिक पार्टीका नेताहरुले देशमा धर्म निरपेक्षता लागू गनेर्बारे जनमतसंग्रह गर्नुपर्ने आवाज उठाइरहेको बेला क्षत्री समाज नेपालले पनि धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र नेपाल कायम गर्नुपर्ने माग राख्दै देशव्यापी आन्दोलन गर्ने भएको छ। समाजले आफ्नो तेश्रो महाधिवेशन तयारीक्रममा बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो। पत्रकार सम्मेलनमा समाजका पूर्व अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले भने, ‘हामीले आफ्नोमात्र होइन गुरुङ, मगर, राई, लिम्बु सबैको साझा पहिचानको आवाज उठाएका छौँ।’

उनले वैदिक हिन्दू सनातन धर्म भएको नेपाललाई यूरोपियन क्रिश्चियनहरुको दबाबमा परेर अन्यायपूर्ण तरिकाले धर्म निरपेक्ष बनाइएको बताए। क्षत्री समाजभित्र कुनै राजनीतिक कुरा नभएको दाबी गर्दै उनले भने, ‘हामी समुच्च राष्ट्रको हितको कुरा गछौँ।’

‘देशमा सबैभन्दा धेरै जनसंख्या रहेको क्षत्री जातिलाई विभेद गरिएको छ,’ उनले भने, ‘राज्यले आरक्षण सुविधा कुनै जाति विशेषलाई होइन विपन्न वर्गलाई दिनुपर्छ’।

अध्यक्षको आसनबाट समाजका केन्द्रीय अध्यक्ष प्राडा चन्द्रबहादुर थापाले क्षत्री समाजलाई कमजोर नठान्न सरकारलाई चुनौती दिँदै भने, ‘देशका हजारौं हजार क्षत्रीहरुको शक्ति महाधिवेशनमा र्याली गरेर देखाउँछौँ।’ उनले भने, ‘यो देशको कुनै पनि नागरिक राज्यबाट उपेक्षित हुनु हुँदैन।’

प्रेस विज्ञप्ति वाचन गर्दै समाजका महासचिव रोमबहादुर कार्कीले आफ्ना आवाजलाई बुलन्द पार्न सडक संघर्ष अपरिहार्य रहेको धारणा राखे। प्रचार प्रसार संयोजक एवं समाजका केन्द्रीय सचिव कृष्ण थापाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन क्षत्री महिला समिति सचिव विमला भण्डारीले गरेकी थिइन्।

क्षत्री समाजको महाधिवेशन चैत २३ र २४ गते पोखरामा हुँदैछ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width