सामुदायिक बगरद्वारा अक्षयकोष स्थापना

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७५
samiduke bagar photo_Fotor

सामुदायिक सेवा केन्द्र बगरको १६ औँ वार्षिकोत्सव कार्यक्रमका सहभागी। तस्वीरःश्रीभद्र पौडेल/आदर्श समाज

हेमजा, १९ चैत। सामुदायिक सेवा केन्द्र बगरको १६ औँ वार्षिकोत्सव मंगलवार सम्पन्न भयो।

सो अवसरमा केन्द्रले स्थानीय सस्कृत माविमा अध्ययनरत बटुकको संरक्षणका लागि १० हजार एक सयको अक्षयकोष स्थापना गरेको छ।

प्रमुख अतिथि वडा प्रहरी कार्यालय बगरका इञ्चार्ज प्रहरी निरीक्षक दीपक थापाले सामाजिक विकृति विसंगति न्यूनीकरण गर्न केन्द्रे खेलेको भूमिकाको प्रशंसा गर्दै त्यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सो अवसरमा केन्द्रका अध्यक्ष मनपति भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द नेपाली, प्रधानाध्यापक गोविन्द सिग्देल, सहायक प्रधानाध्यापक तथा संस्कृत विद्यापिठका संयोजक श्रीकृष्ण सिग्देल, केन्द्रका निवर्तमान अध्यक्ष जीवन अधिकारी, पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, संस्थापक अध्यक्ष सीता गुरुङ लगायतले बोलेका थिए।

कार्यक्रम सेवा केन्द्रका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width