३१ ट्याक्सी कारवाहीमा

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७५
taxi-karbahi-pokhara-0210

पोखरा, २० चैत । मिटरमा चल्न नमानेपछि कास्की प्रहरीले पोखरामा संचालित भाडाका ट्याक्सीमा अनुगमन शुरु गरेको छ ।

ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले संयुक्त टोलीले मंगलवारदेखि अनुगमन शुरु गरेको हो । पहिलो दिन मिटरमा चल्न नमान्ने ३१ वटा ट्याक्सीलाई कारवाहीको दायरामा ल्याएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा बजार क्षेत्रमा दिउसो चार घण्टाको अबधिमा चरिएको अनुगमनमा मिटरमा चल्न नमान्ने ३१ वटा ट्याक्सीलाई कारवाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

केही महिना अघि ट्याक्सीको भाडा समायोजन भएको थियो तर भाडा समायोजन हुँदा समेत ट्याक्सी मिटरमा नगुडेको र यात्रुहरुको गुनासो बढेसँगै प्रहरीले अनुगमन शुरु गरेको हो । प्रशासनले मिटरमा चलन पटक–पटन मिटरमा चल्न आग्रह गर्दा समेत ट्याक्सी व्यवसायीहरु मिटरमा संचालन नगरी हचुवाको भरमा भाडा तोक्दै यात्रुसँग वढि भाडा असुल्दै आएका छन् ।
कास्कीमा संचालन हुने तीन हजार वढी ट्याक्सी मध्य अधिकाशंमा मिटर जडान गरिएको भएपनि व्यवसायीले मिटर भने संचालन गर्दैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width