तनहुँ, १९ चैत। राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेतीले राज्यले लिएको समृद्धिको अभियान सफल पार्नका लागि सहकारी क्षेत्रसंगको समन्वयको विकल्प नभएको बताएका छन् ।
समृद्धिका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोग जरुरी छ, त्यसका लागि सहकारी नै उत्तम विकल्प भएको उनको भनाई थियो ।
राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय तनहुँले सोमबार आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । सहकारीलाई समाजवाद उन्मुख अर्थतन्त्रको तीन मध्ये एक आधार स्तम्भ संविधानमा उल्लेख भए पनि व्यवहारिक रुपमा सहकारी क्षेत्रलाई प्राथमिकता नदिइएको उनको गुनासो छ ।
सहकारीसंग भएको श्रम सीप र पूँजी परिचालनका साथै सरकारका तर्फबाट सहकारीको दीगोपनाका लागि वित्तीय, प्रविधि र कानुनी रुपमा सहयोग हुन सके सहकारी मार्फत धेरै काम गर्न सकिने उप्रेतीले भनाइृ थियो ।
कार्यक्रममा बैंकको परिचय, वर्तमान अवस्था, आगामी योजना र गरिवी निवारणमा सहकारी बैंकका कार्यहरुका बारेमा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।
जिल्ला समन्वय समिति तनहुका सहसंयोजक पवित्रा पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपाने, जिल्ला सहकारी संघका अध्यक्ष श्रीप्रसाद भट्टराई, वचत तथा ऋण सहकारी संघका अध्यक्ष देवी बहादुर बस्नेत, उपभोक्ता सहकारी संघका अध्यक्ष राजेन्द्र केशरी न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१