प्रम ओली कलैया अस्पताल निरीक्षणमा

रासस
चैत्र १८, २०७५
pk (2)

वीरगञ्ज, १८ चैत । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गरेका छन् ।

उनीसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि थिए । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका डा सचेन्द्रकुमार यादवले उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी गराएका थिए । आइतबार साँझ ७ः३० बजेतिर आएको हुरीबतासबाट सबभन्दा बढी बारा जिल्लामा धनजनको क्षति भएको छ । बारामा मृतकको सङ्ख्या २८ पुगेको तथा पर्सामा एक जनाको मृत्यु भएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।
अहिलेसम्म क्षतिको पूर्ण विवरण आउन नसके पनि घाइतेको सङ्ख्या बढ्न सक्ने सुरक्षा निकायले अनुमान गरेको छ । प्रधानमन्त्रीको उक्त टोली पर्साको वीरगञ्जस्थित नारायणी उपक्षत्रीय अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेको छ ।

यसअघि गृह सचिव प्रेमकुृमार राईले हावाहुरीबाट व्यापक जनधनको क्षति भएको बारा जिल्लाको फेटा गाउँपालिका–७ पुरैनिया गाउँको स्थलगत निरीक्षण गरेका थिए । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीले पनि सो ठाउँको निरीक्षण गरेका थिए । कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिसमेतले बुझी घाइतेको उपचारमा गर्न समेत सरकारसँग माग गरे ।

Related News

सम्बन्धित समाचार

  • १७ औं प्याब्सन स्पोर्टस्: ७७१२ विद्यार्थी प्रतिस्पर्धामा

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    पोखरा । १७ औं प्याब्सन स्पोर्टस् मिटअन्तर्गत बुधबारदेखि सिनियर र जुनियरतर्फ फुटबल प्रतिष्पर्धा सुरु भएको छ । प्याब्सन कास्कीको आयोजनामा स्पोर्टस्…
  • घरपिच्छे मौरीको घार

    धनबहादुर गुरुङ मंसिर २१, २०७९
    पोखरा । चिटिक्क मिलेको गाउँ । थुम्कोमा भएकाले उत्तरतर्फ हिमालको दर्शन मज्जैले पाइने । भ्याएसम्मका डाँडा हेरेर नयन थाक्दैनन् ।…
  • नयाँ निर्वाचनको व्यवस्था आवश्यक : थपलिया

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    पोखरा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित…
  • सकियो समानुपातिक मतगणना, एमालेलाई सर्वाधिक ३४ सिट

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०७९
    पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकमा नेकपा (एमाले) पहिलो पार्टी बन्दै सर्वाधिक ३४ जितेको छ । गएको ४ मंसिरमा…
  • मेलामा महिला उद्यमीका कहानी

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०७९
    पोखरा । पोखरा उद्योग वाणिज्य संघ आयोजनामा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला अवसरमा सोमबार ‘सेल्फ मेड महिला’ विषयक…

hero news full width