बैंक अफ काठमाण्डौले खोल्यो गाउँपालिकामा ८ शाखा

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७५
bank p

पोखरा, १८ चैत । बैंक अफ काठमाण्डू लि.ले आफ्नो सेवा तथा सुविधाहरुलाई थप बिस्तार गर्ने उद्देश्यले ८ वटा थप शाखाबाट सेवा बिस्तार गरेको छ ।

इन्द्रसरोवर, मकवानपुर; गढीमाइ, रौतहट; तीनपाटन, सिन्धुली; इस्मा, गुल्मी; छिन्नमस्ता, सप्तरी; मालिका, गुल्मी; खनियाबास, धादिङ्ग; पातारासी, जुम्ला गाउँपालिकामा उक्त बैकले आफ्ना शाखा संचालनमा ल्याएको हो ।

आर्थिक वर्ष २०७५÷२०७६ को दोस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप .८०.२१ अर्ब परिचालन गरी कुल कर्जा ७३.५३ अर्व प्रवाह गरेको छ । हाल बैंकले ८४ शाखा, ७५ एटिएम तथा ८ वटा एक्सटेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width