भिरबाट लडेर एकको मृत्यु

रासस
चैत्र १८, २०७५
death-penalty_d

पर्वत, १८ चैत । दक्षिण पर्वतको विहादी गाउँपालिकामा भिरबाट लडेर एक युवाको ज्यान गएको छ । विहादी गाउँपालिका–३ रानीपानीका २१ वर्षीय श्रीलाल दर्जीको घर नजीकैको भिरबाट लडेर मृत्यु भएको हो ।

घरबाट बिहान बजार जान्छु भनेर हिँडेका दर्जी अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा स्थानीय डण्डारेभिरमा शव फेला परेको प्रहरीले जनाएको छ । दर्जीले साथीहरुसँग बसेर मदिरा पिएको र भिरको बाटो घर फर्कंदै गर्दा लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृतकको शवपरीक्षणका लागि स्याङ्जाको वालिङ अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width