ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

रासस
चैत्र १७, २०७५
accident

चन्द्रौटा, १७ चैत । शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको ट्रक चन्द्रौटा खसी बजारस्थित राजश्व चेकप्वाइन्टमा रोकिएको अवस्थामा लु४८प ६९२८ नंको मोटरसाइकलबाट मध्य राति चन्द्रौटाबाट घर फर्किने क्रममा तीव्रगतिमा रहेका थारू चेक गर्न रोकिएको ट्रकको पछाडि ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका थारूको सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि राति नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।

Related News

सम्बन्धित समाचार

  • विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

    रासस मंसिर १६, २०७९
    पाल्पा । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप…
  • गोरखकाली रबर उद्योग : चिनियाँ टोलीको उद्योग सञ्चालनमा चासो

    प्रकाश ढकाल मंसिर १६, २०७९
    पोखरा । नेपालमा भारत, चीन, इटाली, अमेरिकालगायत देशबाट बढी टायर भित्रिन्छ । बर्सेनि १२ अर्ब रुपैयाँभन्दा बढी टायर खरिदमा नेपालले…
  • ‘जंगल जंगल डुल्नुपर्छ भन्ने चिन्ताले नर्सिङ’

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।…
  • दलले गुमाए मत

    प्रकाश ढकाल मंसिर १५, २०७९
    पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको…
  • कास्कीमा ५ प्रतिशत मत बदर

    रासस मंसिर १४, २०७९
    पोखरा ।कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको…

hero news full width