जापानमा नेपाली जुनियर खेलाडीको प्रभावशालि प्रदर्शन

एजेन्सी
चैत्र १६, २०७५
japan 2

पोखरा, १६ चैत । जापानमा जारी अन्तर्राष्ट्रिय जुनियर (यु–१२) कोपा पुमा टोरेरस फुटबल प्रतियोगितामा नेपालले उत्कृष्ट खेल प्रर्दशन गरेको छ । नेपालले आफ्ना ४ खेलमा जित निकाल्दै विदेशी टिमहरुमाझ प्रभावशाली खेल प्रस्तुत गरेको छ ।

समूह चरण अन्तर्गतको पहिलो खेलमा नेपालले कावासाकी फ्रोण्टेल विरुद्ध गोलरहित बराबरि खेलेको थियो भने माल्भा विरुद्धको अर्को खेलमा एलेक्स पौडेलको निर्णायक गोलमा १–० को जित निकाल्यो । त्यस्तै नुमाजु एफसीलाई नेपालले ४–० गोलले पराजित गरेको एन्फा कास्कीका अध्यक्ष समेत रहेका टिम म्यानेजर मिलन गुरुङ्गले जानकारी दिए ।

प्रतियोतिगामा भाग लिन १४ सदस्यिय टोली जापान पुगेको हो । राजेन्द्र तामाङ प्रशिक्षक रहेको टिमका खेलाडीहरुमा स्याङजाका आर्यान गुरुङ र विशाल बिक, काठमाण्डौका एलेक्स पौडेल, बागलुङका विविध थापा मगर, म्याग्दीका विज्ञान गौचन, धादिङका प्रकाश तामाङ, अर्धाखाँचीका समिर गौतम र कास्कीका विश्वास ओझा, सविन नेपाली र सफल थापा रहेका छन ।

नेपाली जुनियर खेलाडीहरुका लागि यो अबसर भने नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले मिलाएका हुन । जापानमा फुटबल प्रशिक्षकका रुपमा कार्यरत गौचनले चार वर्ष देखि यूवा खेलाडीलाई निःशुल्क रुपमा जापान खेल्न जाने अवसर मिलाइराखेका छन् ।

Related News

सम्बन्धित समाचार

  • आहारारा सफल पार्न संघसंस्थासँग छलफल

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहारा क्लब पोखराले खेलसम्बद्ध विभिन्न संघसंस्थासँग…
  • बगर भाइखलकको भेट्रान्स फुटबलमा ३९ टिम

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । बगर भाइखलक आयोजनामा हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…
  • सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च आयोजनामा आगामी ३ फागुनमा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ ।…
  • टाइगर कपको अन्तिम तयारी

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा…

hero news full width