मैत्रीपूर्ण क्रिकेटमा पत्रकार पराजित

एजेन्सी
चैत्र १६, २०७५
eeeee

पोखरा, १६ चैत । आन्तरिक पर्यटन वर्ष २०१९ सफल पारौं भन्ने मुल उद्धेश्यले आयोजित मैत्रीपूर्ण क्रिकेटमा नेपाल पर्यटन बोर्ड टिमले नेपाल खेलकुद पत्रकार मंच गण्डकी प्रदेशलाई ११ रनले पराजित गरेको छ ।

मौसमका कारण १५–१५ ओभरमा झारिएको खेलमा पहिलो व्याटिङ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतीमा १०५ रन बनाएको थियो । १०५ रनको लक्ष्य पछ्याउन मैदान छिरेको मंचले १५ ओभर खेल्दै ९४ रन मात्रै बनाउन सक्यो ।

प्रतियोगितामा ओपनिङका लागि मैदान छिरेका गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चार बलको सामना गर्दै २ रन बनाए । मन्त्री गुरुङ मन क्षेत्रीको बलमा धरापमा पर्दै पेभिलिएन फर्के । उनलाई विकेट किपर सुशान्त गाहा मगरले क्याच लिए ।

मन्त्री गुरुङ संङै मैदान प्रबेश गरेका नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रबन्धक सूर्य थपलियाले २ छक्का र १ चौकाको मद्वतले व्यक्तिगत १६ रनको योगदान दिए । पर्यटन बोर्ड सम्मिलित टिमका तर्फ बाट सर्वाधिक प्रदिप राउतले नट आउट रहुँदै ३२ रन जोडे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दीपक गोदार, क्रिकेट संघका निकेश श्रेष्ठले कुनै रन जोडन सकेनन । उनीहरु सबै शुन्य रनमा पेभिलीयन फर्के । बोर्ड सम्मिलितका तर्फ बाट रिजन प्रजुले २१, गोपाल भण्डारीले ३, सन्तोष सुवेदीले १० र सञ्जय कान्तसिग्देलले ०१ रन मात्रै बनाए ।

यता मंचको तर्फ बाट मन क्षेत्री, बिनोद लामिछाने र सुजन पौडेलले २–२ विकेट लिए भने लोकेन्द्र ढकाल र सुशान्त गाहा मगरले समान १–१ विकेट लिए ।

जवाफी व्याटिङका लागि उत्रिएको मंचका ओपनिङ व्याट्सम्यान केशब पाठक र एकराज गिरीले भने खाता खोल्न सकेनन । पाठकलाई जिम्मी गुरुङ र गिरीलाई सञ्जयकान्त सिग्देलले पेभिलिएनको बाटो देखाए । मंचको तर्फबाट २८ बलमा २ छक्का र दुई चौकाको मद्धतले व्यक्तिगत ३५ रन बनाउँदै मंचको पारिलाई उकासेका थिए । तर उनी रिजन प्रजुको बलमा क्याच आउट भए ।

खेलमा शुसान्त गाहा मगरले २३ बलको सामान गर्दै २९ रन बनाउँदा मंच जित तर्फ लम्केको थियो । तर उनी विनयको बलमा आउट भए । खेलमा सुजन पौडेलले १६, लोकेन्द्र ढकालले ६, उमेश पुनले २ रन बाहेक अन्यले रन जोड्न सकेनन । भरपर्दा खेलाडी मन क्षेत्री हिट स्टम्प हुँदै शुन्यमा आउट भए भने विजय नेपाली र सागर राज तिमिल्सिना शुन्य रनमा नट आउट रहे ।

पर्यटन बोर्डको तर्फ बाट सञ्जयकान्त सिग्देल र रिजन प्रजुले आफ्नो ३ ओभरको स्पेलमा २–२ विकेट हात पारे भने जिल्लमी गुरुङ र बिनयले समान १–१ विकेट लिए ।

यस अघि प्रतियोगिताको शुभारम्भ गर्दै आर्थिक मामिला तथा योजना मन्त्रि गुरुङले प्रदेश सरकारले क्रिकेट खेल बिकासका लागि आफ्नो योजनाका साथ अघि बढेको बताए । उनले प्रदेशलाई खेलकुदको माध्यमबाट पर्यटनको बिकासका लागि प्रतिवद्व रहेको समेत बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width