एसओएस प्राविधिक व्यवसायिक तालिम केन्द्रबाट ३५ जना दिक्षित

आदर्श समाज संवाददाता
चैत्र १५, २०७५
DSC02127

पोखरा, १५ चैत । एसओएस व्यवसायिक तालिम केन्द्र पोखराबाट तालिमप्राप्त प्रशिक्षार्थीहरु शुक्रबार दिक्षित भएका छन् ।

पोखरा–१७ स्थित एसओएस बालग्राम पोखरा छोरेपाटनमा शुक्रबार आयोजित एक कार्यक्रमबीच ३५ जना प्रशिक्षार्थीहरुलाई दिक्षित गराइएको हो ।

गण्डकी प्रदेश सांसद कृष्णबहादुर थापा र ईन्द्रधारा बिष्टले उनीहरुलाई सम्मान गरी प्रमाणपत्र वितरण गरे । सीटीइभीटीबाट सम्बन्धनप्राप्त बिल्डिङ इलेक्ट्रिसियन, फर्निचर मेकर, कम्प्युटर अपरेटर र अटो मेकानिक्सको ३ महिना र इलेक्ट्रोनिक्स र लेथ सेटर अपरेटरको ६ महिनाको तालिम सञ्चालन गरिएको संयोजक मोहन केसीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेश सांसद कृष्णबहादुर थापाले गण्डकी प्रदेश सरकारले युवा स्वरोजगार कार्यक्रमलाई अघि बढाएको बताए । युवाहरुका लागि राज्यले धेरै अवसरहरु उपलब्ध गराएको बताउँदै सांसद थापाले प्राप्त अवसरलाई युवाहरुले सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सांसद ईन्द्रधारा बिष्टले एसओएसले शुरु गरेको प्राविधिकको व्यवसायिक तालिमले प्रदेश सरकारलाई सहयोग पुग्ने औंल्याए । उनले एसओएसले हिमाली क्षेत्रको बालबालिकाहरुको शिक्षामा पु¥याएको योगदानको समेत चर्चा गरे ।

सीटीइभीटी पोखराका प्राचार्य जीवन भण्डारीले तालिमले दक्ष जनशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गरे । तालिमप्राप्त प्रशिक्षार्थीले व्यवसायमा जोड दिनुपर्ने भण्डारीको भनाई थियो ।

एसओएस बालग्राम गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठले तालिममा सिकेका ज्ञान र सीपलाई स्वदेशमा उपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गरे । दिक्षित प्रशिक्षार्थी किरण थापासमेत बोलेका थिए ।

एसओएस बालग्राम पोखरा छोरेपाटनका योजना निर्देशक लोब्साङ ग्याल्त्सेनको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायक तालिम केन्द्रका प्रमुख थुप्तेत साम्फेलले स्वागत र एसओएस बालग्राम गण्डकीका निर्देशक प्रदिपभक्त आचार्यले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीको पहिलो सामुदायिक क्याम्पस : पोखरा बहुमुखी आफ्नै भवनमा

    धनबहादुर गुरुङ मंसिर १५, २०७९
    पोखरा । पोखरा बहुमुखी क्याम्पस, नयाँबजारले बुधबार ३६ औं स्थापना दिवस मनाउनेक्रममा छुट्टै रौनक थियो । २०४४ सालमा स्थापना भएको…
  • भोलिदेखि औद्योगिक व्यापार मेला

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । गएको २ वर्षसम्म कोरोना महामारीले रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । पोखरा उद्योग वाणिज्य…
  • पोखरामा पर्वतीय महोत्सव तयारी

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    पोखरा । नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा सातौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवस अवसरमा मंसिर…
  • विद्यार्थीलाई न्यानो कपडा

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    नवलपुर । हुप्सेकोट गाउँपालिका ४ झाँतेमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो हुप्सेकोट अभियानका अभियन्ता मदन थापा बयम्बुले…
  • पोखरा जेसिजको अध्यक्षमा गणेश

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    पोखरा । पोखरा जेसिजको अध्यक्षमामा गणेश गिरी निर्वाचित भएका छन् । ४३ औं शाखा अधिवेशन तथा ४८ औं साधारणसभाबाट जेसिज…

hero news full width