मुक्तिनाथ विकास बैंकको दुई शाखा एकै साथ

आदर्श समाज संवाददाता
चैत्र १४, २०७५
20190328_115455

पोखरा, १४ चैत । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ ।

महेन्द्रनगर शाखाको समुद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका छन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि बिष्टले बैंकको प्रगतिको कामनाका साथै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

वीरेन्द्रनगर शाखाको समुद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी ) ले गरेकी छन् । शाखा कार्यालय समुद्घाटन गर्दै ढकालले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको बताइन् ।

शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवीको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक लि. देशैभरी अनौपचारीक रुपमा देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ए.टि.एम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width