लगानी सम्मेलनकाे स्वास्थ्य जाँचमा छ अस्पतालकाे तयारी

रासस
चैत्र १४, २०७५
images_cms-image-000071131
  •  सम्मेलनस्थलमा विज्ञ चिकित्सक, नर्स, उपकरण, औषधिसहितको एम्बुलेन्ससमेत रहने छ ।
  •  वैदेशिक लगानी भित्र्याउन सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
  • सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० बढी लगानीकर्ताको सहभागी हुनेछ । 

काठमाडौँ, १४ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगानी सम्मेलनमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न छ अस्पताललाई तयारी अवस्थामा राखेको छ । दुईदिने सो सम्मेलन शुक्रवारदेखि काठमाण्डौमा शुरु हुँदैछ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको वीर, निजामती, सैनिक, पाटन, भक्तपुर तथा त्रिविवि शिक्षण अस्पताललाई तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ । साथै निजी क्षेत्रका अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको मन्त्रालयलको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख चूडामणि भण्डारीले जानकारी दिए । सम्मेलनस्थलमा विज्ञ चिकित्सक, नर्स, उपकरण, औषधिसहितको एम्बुलेन्ससमेत रहने छ ।

देशमा वैदेशिक लगानी भित्र्याउन सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आयोजित एक कार्यक्रममा नेपाललाई शिक्षा र स्वास्थ्यको ‘हव’ बनाउने र यसका लागि स्वदेशी सीप, प्रविधिका साथमा विदेशी पूँजी र प्रविधि आवश्यक पर्ने बताएका थिए ।

सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने र नेपाल लगानीका लागि असाध्यै अनुकूल अवस्थामा छ भन्ने सन्देश दिन लागिएको बताइएको छ । ती परियोजनाअन्तर्गत शिक्षा र स्वास्थ्यका योजना पनि रहेका छन, तर कुन परियोजना भन्ने सार्वजनिक गरिएको छैन ।

सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० बढी लगानीकर्ताको सहभागी हुनेछ ।

प्रधानमन्त्री ओलीले शुक्रवार उद्घाटन गर्ने कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपालका निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्तालगायतको सहभागिता रहनेछ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई ध्यानमा राखी ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी संशोधित ऐन’ जारी भइसकेको

Related News

सम्बन्धित समाचार

hero news full width