पार्टी सुधार्न लागिपरेको छु – महामन्त्री कोइराला

रासस
चैत्र १३, २०७५
Shashanka Koirala

घोराही, १३ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताएका छ । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उनकाे जिकिर थियो ।

प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता कोइरालाले पार्टी अध्यक्षको बारेमा धेरै टीकाटिप्पणी आइरहेको भन्दै अध्यक्षले सबैलाई मिलाएर लैजान नसकेको हँुदा अब त्यो जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।

“महामन्त्रीको हैसियतले मैले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको छु र सबैलाई मिलाएर लैजान्छु”, उनले भने “पार्टीमा केही समस्या छ, अलमल छ अब त्यसलाई संस्थागतरूपमा सफल पार्नुपर्छ ।” उनले अब आउने चुनावमा पार्टी एक ढिक्का भएर जनतामाझ जाने वचनबद्धतासमेत व्यक्त गरे ।

नेता कोइरालाले दुई तिहाइको वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको आरोप लगाए । जनतामा जागेको आशा सरकारको कार्यशैलीका कारण निराशामा परिणत भएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width