मदिरा तथा जुवातास रोक्न सहमति

रासस
चैत्र १३, २०७५
_95242597_m3700916-drinks_cabinet-spl

हेटौँडा, १३ चैत । मकवानपुर जिल्लाको मनहरीमा मदिरा तथा जुवातास रोक्न स्थानीयवासी सहमत भएको बुधवार आयोजित कार्यक्रममा बताइएको छ । मनहरी गाउँपालिकाद्वारा आयोजित गाउँस्तरीय अन्तरक्रियामा उक्त सहमति भएको हो ।

स्थानीय जनप्रतिनिधि, प्रशासन तथा बुद्धिजीवीको सहभागिता भएको अन्तरक्रियामा हिंसा र विकृति फैल्याउने मदिराजन्य तथा जुवातास रोक्न प्रतिबद्धता व्यक्त गरिएको हो । गाउँपालिकाले जुवातास तथा मदिराको समस्या निर्मूल पार्न सामुदायिक प्रहरी र स्थानीय जनप्रतिनिधिको समन्वयमा नौ वटा वडामा मदिरा तथा जुवातासविरुद्ध अभियान सञ्चालन गर्ने सहमति भएको हो ।

मदिरा र जुवातासबाट बालबालिका बिग्रिने, झैझगडा हुने, पारिवारिक कलह उत्पन्न हुनेजस्ता सामाजिक विकृति बढ्ने भएकाले त्यसलाई रोक्न उक्त कार्यक्रम गरिएको गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले बताए ।

यसैबीच सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरद्वारा आयोजित एक दिने विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलता मूलप्रवाहीकरण गोष्ठी यहाँ सम्पन्न भएको छ । सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा आयोजित गोष्ठीमा विपद् जोखिम न्यूनीकरण अवधारणा, औचित्य, वर्तमान अवस्थाको विश्लेषण, जलवायु परिवर्तन अनुकूलता र उपभोक्ता समूहको क्रियाकलापको विषयमा छलफल भएको थियो ।

गोष्ठीमा डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युतप्रसाद लामिछाने, सामुदायिक वन उपभोक्ता महासङ्घ प्रदेश नं ३ का सदस्य रामहरी चौलागाईं, समसामायिक विकास केन्द्र नेपालका नवराज थापा तथा जिल्ला समन्वाय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीलगायतका वक्ताले विपद् व्यवस्थापनका लागि सरकारी र गैरसरकारी क्षेत्र एक साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width