इसुजु सिंगल क्याब गाडीको पोखरा लञ्चिङ

एजेन्सी
चैत्र १३, २०७५
D-max

पोखरा, १३ चैत । जापानी ब्रान्ड इसुजुको आधिकारिक बिक्रेता रेज मोटर्स प्रालिले पोखरामा नयाँ मोडलको सिंगल क्याब डी म्याक्स गाडी लञ्च गरेको छ ।

रेज मोर्टर्सको पोखरा नयाँबजारस्थित सोरुममा २०७५ चैत १३ गते बुधबार इसुजु सिंगल क्याब गाडी लञ्च गरेको रेज मोटर्स कम्पनीका प्रबन्ध निर्देशक अशोक चालिसेले जानकारी दिए ।

लञ्चिङ कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले स्मार्ट सिटीलाई सहयोग पुग्ने खालका सवारी साधन प्रयोगमा ल्याउन आग्रह गरे । महानगरभित्र प्रदूषण कम हुने खालका गाडीको प्रयोगमा प्रोत्साहन महानगरले प्रोत्साहन गरिरहेको उनले बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारी, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन अध्यक्ष चन्द्रबहादुर कुँवरले शुभकामना व्यक्त गरे । जापानको प्रसिद्ध कम्पनी इसुजुले जापानमै इन्जिन उत्पादन र बाँकी सामान थाइल्यान्डमा उत्पादन तथा भारतमा एसेम्बल गरी दक्षिण एसिया क्षेत्रको बजारमा पठाउने गरेको छ ।

‘पौरखीको सवारी पूरा गर्छ जिम्मेवारी’ थिम लिएर नेपालको बजारमा आएको यो गाडीमा ३ टन सम्म सामान ओसारपसार गर्न सकिन्छ । २५ सय सिसी क्षमताको इन्जिन भएकाले नेपालको पहाडी र कच्ची बाटोको लागि समेत निकै उपयोगी मानिएको छ । हाल यसको बजार मूल्य २४ लाख ९० हजार कायम गरिएको छ ।

क्याबिन आरामदायी जीपको जस्तो र पछाडिको भाग अर्थात् डेक मिनी ट्रकको जस्तो भएकाले सामान ओसारपसारका लागि यो गाडी उपयुक्त मानिएको छ । कम्पनीका अनुसार सिंगल क्याब डी म्याक्स डेकको लम्बाइ ८ फिट र चौडाइ साढे ५ फिट छ । रेज मोटर्स कम्पनीका प्रबन्ध निर्देशक अशोक चालिसेले भने ।

‘कच्ची बाटोमा समेत सामानसहित गुड्न सक्ने भएकाले व्यावसायिक प्रयोजनका लागि यो गाडी निकै उपयुक्त छ ।’ बिक्रीपछिको सेवाका लागि पनि कम्पनीले विशेष व्यवस्था गरेको छ । स्प्ल्यास ह्वाइट, टाइटेनियम सिल्भर, अब्सिडियन ग्रे र अर्किड ब्राउन गरी ४ कलरमा यो गाडी उपलब्ध छ ।

रेज मोर्टसले पोखराबाटै इसुजुकै डबल क्याबिनयुक्त सुविधासम्पन्न गाडी समेत बिक्री गर्दै आएको छ । भरपर्दो इञ्जिन भए पनि अरु गाडीको तुलनामा निकै सस्तो रहेको दाबी कम्पनीको छ । सामानसहित परिवारसमेत अट्नसक्ने यो गाडीको नेपाली बजारमा मूल्य ४१ लाख रुपैयाँ छ । फोर ह्विलसमेत भएको इसुजुकै डबल क्याब जीपको भने ६५ लाख बजार मूल्य छ

यसैगरी नेपाली ग्राहकको मन जित्न सफल इसुजु मक्स पनि रेज मोटर्सले पोखराबाट बिक्री गर्दै आएको छ । ७ सिट क्षमताको ग्राउन्ड क्लियरेन्स २ सय ३५ एमएम भएको यस गाडीमा अटो गियरको सुविधासमेत छ । यसको बजारमूल्य १ करोड ३७ लाख छ ।

पोखरामा सो रुम खुलेको १५ महिनाको अवधिमा इसुजु ब्रान्डका विभिन्न मोडलका ७५ भन्दा बढी गाडी बिक्री भएको र प्रयोगकर्ताबाट पनि सकारात्मक प्रतिक्रिया आएको रेज मोटर्सका प्रवन्ध निर्देशक अशोक चालिसेले बताए । आगामी दिनमा समेत ग्राहकको चाहना अनुसारका बिक्री र सेवाको सुविधा थप गर्दै जाने कम्पनीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width