अग्निपीडित चेपाङ परिवारलाई राहत

रासस
चैत्र १३, २०७५
bom

भरतपुर, १३ चैत । चितवनका इच्छाकामना गाउँपालिका–२ फैदतका अग्निपीडितलाई जिल्लामा सङ्कलित राहत मङ्गलबार वितरण गरिएको छ ।

चैत ८ गते दिउँसो साढे १ बजे आगलागीमा परेर रामचन्द्र प्रजाको छ महीनाका छोरा शिव प्रजाको मृत्यु भएको थियो भने उनको घर आगलागीले जलेर नष्ट भएको थियो । यस्तै रामकृष्ण प्रजा र दीपक चेपाङको घर जलेर नष्ट भएको थियो ।

जिल्ला विपत् व्यवस्थापन समितिको तर्फबाट मानवीय क्षति भएको परिवारलाई रु एक लाख १० हजार, इच्छाकामना गाउँपालिकाले ३५ हजार, प्रदेशसभा सदस्य घनश्याम दाहालले पाँच हजार, वडाध्यक्ष पञ्चबहादुर प्रजाका तर्फबाट दुई हजार रुपैयाँ सहयोग गरिएको छ ।

यस्तै आगलागीबाट क्षति भएका अन्य दुई परिवारलाई प्रशासन, गाउँपालिका, सांसद र वडाध्यक्षले रु २७÷२७ हजार आर्थिक सहयोग गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । सो अवसरमा अग्निपीडित चेपाङ परिवारलाई नगदसहित खाद्यान्न र लत्ताकपडा पनि वितरण गरिएको थियो । तत्कालका लागि सहयोग गरिएको र घर निर्माणका लागि पनि सहयोग जुटाइने बस्नेतले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, इच्छाकामना गाउँपालिका प्रमख गीता गुरुङ, प्रहरी उपरीक्षक सुशीलसिंह राठौर लगायतको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width