पशुपतिनगर, १२ चैत । इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् । खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको गिद्ध मृतावस्थामा भेटिएका छन् । सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सीमा एक वर्षअघि आठ गिद्ध मृत भेटिए ।
हुल बाँधेर उड्ने गिद्ध मर्नुको कारण हिंस्रक जङ्गली जनावरको आतङ्क रोक्न औषधिसँगै राखिएको सिनो थियो । चेतना अभावमा जङ्गली जनावर चितुवा, बदेल र स्याल मार्न पशुको सिनोमा औषधि लगाएर जङ्गल छेउमा राख्ने गरेकाले त्यही सिनो गिद्धले खाँदा मृतावस्थामा भेटिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए । गिद्ध मरेको देखेपछि गाउँपालिकाले सबै वडामार्फत औषधि प्रयोग गरेको सिनो नफ्याँक्न आग्रह गरेपश्चात मृत गिद्ध नदेखिए पनि कम मात्रामा भेटिने गरेको राईले जानकारी दिए ।
विश्वमा सङ्कटापन्न अवस्थामा रहेको गिद्ध संरक्षणका लागि सरकारी पहल नहुँदा कसरी संरक्षण गर्ने भन्नेबारे योजना बनाउन नसकिएको सदकपुर–१ का अध्यक्ष नन्द राईले बताए । दश वर्ष अघिसम्म प्रशस्त मात्रमा भेटिने गिद्ध हराउँदै गएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए । राईले भन्नुभयो, “इलामका उत्तरी क्षेत्रमा पहिले प्रशस्त मात्रैमा देखिए पनि अहिले कमै मात्र भेटिन्छ ।”
लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थान रहेको क्षेत्रमै गिद्धको बासस्थान प्रशस्त भेटिए पनि अहिले कम मात्रामा देखिने गरेको संरक्षणकर्मी धनबहादुर खाम्दाकले बताए । “जङ्गल तीव्र फडानीले बासस्थान नासिनु, प्रतिबन्धित औषधि डाइक्लोफेनेकको पशुहरुमा अझै प्रयोग हुनु र गिद्धको महत्वबारे स्थानीयस्तरमा जनचेतना नहुँदा बासस्थानसँगै गिद्ध मासिदै गएको हो ।” उनले भने ।
इलामको सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको २५ सय मिटरमाथि गिद्ध बेलाबेला देखापर्ने गरेको छ । बेलाबेला देखिने गिद्धको बासस्थान, खानपान र संरक्षणबारे अहिलेसम्म कुनै कार्यक्रम इलाममा भएका छैनन् । नेपालमा सानो खैरो, डङ्गर, लामो ठँुडे, सुन गिद्ध र सेतो गिद्ध पाइने गरे पनि इलाममा पाइने गिद्ध कुन प्रजातिको हो भन्नेबारे यकिनसमेत भएको छैन ।
प्रकृतिको कुचिकारको उपमा पाएको गिद्ध संरक्षणका लागि राष्ट्रिय निकुञ्ज नभएका जिल्लामा जिल्ला वन कार्यालयलाई संरक्षणको जिम्मा दिए पनि वार्षिक कार्यक्रम नभएको डिभिजन वन कार्यालय इलामका प्रमुख श्रीप्रसाद बरालले बताए । बरालको अनुसार पछिल्लो १० वर्षमा गिद्धको सङ्ख्या अत्यधिक कम भएको छ । गिद्ध नासिने मुख्य कारण डाइक्लोफेनेक औषधि प्रयोग भएको पशुहरुको सिनो खाने मुख्य कारण रहेको बरालको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१