सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७५
07.026

नवलपरासी, ११ चैत । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले निःशुल्क शिक्षा लागू गरेको छ ।

स्थानीय तहभित्र पर्ने सबै सामुदायिक विद्यालयलाई प्रशासनिक खर्च, पाठ्यपुस्तक खर्च र परीक्षा शुल्कलगायतका सबै खर्च स्थानीय तहले विद्यालयलाई उपलब्ध गराई निःशुल्क शिक्षा लागू गरेको हो ।

माध्यमिक तहको शिक्षा हासिल गर्न सामुदायिक विद्यालयमा कुनै पनि खर्च नलाग्ने किसिमले सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा लागू गरिएको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।
विद्यालयको आर्थिक स्थिति कमजोर देखाएर परीक्षा शुल्कलगायतका विभिन्न बहानामा यसअगाबै सामुदायिक विद्यालयलाई लिइँदै आएको शुल्कलाई पूर्णरुपमा कटौती गरी सबै खर्च स्थानीय तहले व्यवस्थापन गरी शिक्षामा व्यापक सुधार गर्न यस्तो योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

सामुदायिक विद्यालयलाई अझ बढी प्रभावकारी बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयमा शिक्षक दरबन्दी मिलानदेखि दुई विद्यालयलाई एकीकृत समायोजनसम्मको काम थालिएको शिक्षा शाखा प्रमुख तोयनाथ लम्सालले जानकारी दिए ।

शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक देखिएकाले सोहीअनुसार कार्ययोजना तयार गरी लागू गरिएको रामग्राम नगरपालिकाका शिक्षा शाखाले जनाएको छ । शैक्षिक गुणस्तर सुधारका लागि आसन्न कक्षा ८ को परीक्षासमेत एसईईको नमूनाअनुसार होमसेन्टरबाहेकको परीक्षा केन्द्र निर्धारण गरी कापी परीक्षणमा समेत कोड–डिकोड गरी कापी परीक्षण एक आर्का विद्यालयको विषयविज्ञद्वारा परीक्षण गराउने तयारी गरिएको प्रमुख लम्सालले जानकारी दिए ।

शैक्षिक गुणस्तर सुधारका लागि सबै सामुदायिक विद्यालयको एउटै कार्य योजनासहितको क्यालेण्डर तयार गरि कक्षा १ देखि १० कक्षाका विद्यार्थीलाई निःशुल्क शिक्षाको प्रत्याभूति गराउने किसिमले कुनै पनि शुल्क नलिई शिक्षा प्रदान गर्ने योजना रहेको जनाइएको छ ।

यसैगरी आधारभूत तहको विद्यालयमा हालको अवस्थामा दरबन्दीको अभावलाई व्यवस्थापन गर्न उपल्लो शौक्षिक योग्यतालाई आधारमानी शिक्षक व्यवस्थापन गरिएको शिक्षा शाखाले जनाएको छ ।

यसैगरी आवश्यकताअनुसार दुई विद्यालयलाई समेत एकीकृत समायोजन प्रक्रिया अघि बढाइएको शिक्षा शाखाले जनाएको छ । रामग्राम नगरपालिकामा ३३ सामुदायिक विद्यालय रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width