पोखरा, ६ चैत । कास्की मादी गाउँपालिका–७ पानीघाटमा निर्मित बुहद्देश्यीय भवन उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका कृषि,भूमिव्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापामगरको उक्त भवनको उद्घाटन गरेका हुन् ।
भवन निर्माण समितिका आर्थिक संयोजक लिलबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भवन निर्माणको लागि १५ लाख १५ हजार ८ सय ५५ रुपैंया संकलन भएको र १४ लाख ५० हजार ५ सय ५ रुपैंया खर्च भएको बताए ।
भवन उद्घाटन गर्दै मन्त्री थापामगरले प्रदेश सरकारले जनताको भावना, चाहना र आवश्यकता तथा समस्यको पहिचान गरी विकासको कामलाई अघि बढाईरहेको भनाई राखेका थिए ।
अब युवालाई विदेश जाउँजाउँ हुने नभई स्वदेश आउँआउँ लाग्ने बनाउने भन्दै युवा स्वरोजगारको लागि कृषिमा आमूल परिवर्तन गर्न जरुरी रहेको उनले बताए । एक गाउँ एक सहकारी र एक वडा एक कृषि सहकारी हुन आवश्यक रहेको भनाई उनको थियो ।
प्रदेश सांसद गायत्री गुरुङले आफनो गाउँ ठाउँको विकास आफै गरेमा यसले गाउँको मात्र नभई प्रदेशकै विकासमा सहयोग पुग्ने बताइन् । प्रदेश सांसद मनबहादुर गुरुङले नेपाल प्रकृतिक रुपमै भरिपूर्ण देश भएको भन्दै यसको सहि सदुपयोग गर्न सके देश समृद्धि तर्फ अघि बढने बताए ।
उक्त अवसरमा मादी गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारी,वडा नं ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले ढाँडबेसी स्थित विजयपुर खोलामा तोकिएकै समयमा पुल निर्माणको कार्य सम्पन्न आग्रह गरे ।
कार्यक्रममा युवा नेताहरु बलकृष्ण गुरुङ, शेरबहादुर गुरुङ, जनकल्याण तमू समाज पोखराका अध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतले आफ्नो भनाइृ राखेका थिए । भवन निर्माण समितिका अध्यक्ष हर्कजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव मीना गुरुङले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१