काठमाण्डौ, ७ चैत । मधेस केन्द्रीत दुई दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच पार्टी एकता पहल सुरू भएको छ। पार्टी एकताका लागि छलफल गर्न दुबै पार्टीले कार्यदल गठन गरिसकेका छन्।
एक महिना अगाडि नै फोरमले राजपालाई पार्टी एकताका लागि पत्र पठाएको थियो । राजपाले फोरमलाई एकताका लागि आफूहरू सकरात्मक रहेको जवाफ पठाएको छ। राजपाले एकता प्रक्रियाका लागि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति पनि बनाएको छ।
पहिचान पक्षधर र विचार मिल्नेहरूसँग एकता गर्ने पार्टीको नीतिअनुसार समिति बनाइएको राजपाका महासचिव केशव झाले बताए। पार्टी एकताका लागि छलफल गर्न सकिए पनि फोरम सरकारमा रहुञ्जेल पार्टी एकता भने हुन नसक्ने झाको भनाइ छ।
‘फोरमसँग मात्रै होइन, विचार मिल्ने सबैसँग एकताका लागि तयार छौं। तर फोरम सरकारमा रहुञ्जेलसम्म पार्टी एकता हुन सक्दैन,’ उनले भने, ‘एक वर्षदेखि सरकारमा गएर पनि मधेसका एजेन्डा सम्बोधन हुन सकेको छैन। त्यसैले पार्टी एकताका लागि उसले सकार छोड्नु पर्छ।’
यता फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पार्टी एकताका लागि वार्ता समिति गठन गरेको छ। राजपाले आफ्नो पार्टीको प्रस्तावलाई सकरात्मक रूपमा लिएको फोरमका महासचिव रामसहाय प्रसाद यादवले बताए।
‘राजपाले हाम्रो प्रस्तावलाई सकारात्मक भनेर पत्र पठाएको छ। यसले एकता प्रक्रियामा अघि बढ्न सहज बनाएको छ,’ महासचिव यादवले भने, ‘अब सकारात्मक वातावरण पनि बन्दै गएको छ। छिट्टै कार्यदलले छलफल सुरू गर्छ।’
Related News
सम्बन्धित समाचार
अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१