पोखरा, ७ चैत । हिमाली क्षेत्रमा सामान ढुवानीको विकल्पको रुपमा घोडा–खच्चड प्रयोग गरिन्छ तर गाँउमा पुग्ने मोटर वाटोका कारण यो व्यवसाय धरापमा परेको छ ।
गण्डकी प्रदेशकै अन्नपूर्ण चक्रीय पदमार्गका साथै मनाङ, मुस्ताङ, पर्वत, वागलुङका, स्याङ्जा, गोरखा, लम्जुङ तथा कास्कीका अधिकांश स्थानमा घोडा र खच्चड प्रयोग गरिन्थ्यो । पछिल्ला वर्षमा धेरै ठाउँबाट यो व्यवसाय विस्थापन हुँदै गएको र केही ठाँउमा कात्र संचालन हुदै आएको कास्कीको अन्नपूर्ण गाउँपालिकाका घोडा तथा खच्चड कल्याणकारी समिति अध्यक्ष यामबहादुर गुरुङले बताए ।
स्वदेशी एवं विदेशी पर्यटकको आकर्षणस्थल रहेको अन्नपूर्ण आधार शिविर जान र मालसमान ढुवानी गर्न विगतमा अत्यधिक खच्चड तथा घोडाको प्रयोग हुने गरेकामा पछिल्ला बर्षमा त्यो न्यून संख्यामा रहेको छ ।
“गाउँगाउँमा बाटो पुगेको छ, बाटो नहुँदा मानिस घोडाबाटै आवतजावत गर्थे भने सामान खच्चडमा बोकाएर लगिन्थ्यो”, अध्यक्ष गुरुङले भने “अहिले गाडीबाट मालसमान ढुवानी हुन थालेसँगै घोडा र खच्चड पाल्ने क्रम घटिरहेको छ ।”
पहिले अघिकांश घरमा सामान ढुवानी रआवतजावतका लागि घोडा–खच्चड पाल्ने गरिन्थ्यो तर अहिले घान्द्रुकमा जम्मा ३६० खच्चड र ५० घोडा मात्र छन् । पाँचबर्ष अघि त्यो संख्या दोब्वर थियो । बाटो विस्तारसँगै हाम्रो समाजको परम्परागत यातायातका साधन घोडा तथा मालसामान ढुवानीमा प्रयोग गरिने खच्चड पछिल्लो पुस्ताका लागि एकादेशको कथा हुने हो कि भन्ने चिन्ता थपिएको छ ।
घोडा र खच्चड हाम्रो समाजको प्राचीन संस्कृति एवं सभ्यतासँग समेत जोडिएको घान्दु्रक रोधी क्लबका अध्यक्ष पूर्ण गुरुङले बताए ।
संस्कृतिको जर्गेना गर्न घोडा दौड
सङ्कटमा पर्दै गएको घोडापालन व्यवसायलाई जगेर्ना गर्दै यससँग जोडिएको घोडचढी संस्कृति रक्षार्थ घोडा तथा खच्चड कल्याणकारी समितिले गत बुधबार घान्द्रुकमा घोडा दौड प्रतियोगिता गरेको थियो ।
घान्द्रुकको मत्क्युँदेखि खोलोब्रोसम्मको पाँच हजार २०० मिटर दूरीको दौडमा विश्व गुरुङ प्रथम, दीपेन्द्र विक दोस्रो र रामकाजी गुरुङ तेस्रो भए ।
विजयीहरूलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार पुरस्कारसहित अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, घोडा तथा खच्चड कल्याणकारी समितिका अध्यक्ष गुरुङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले सम्मन गरेका थिए । – वासुदेव पौडेल
Related News
सम्बन्धित समाचार
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
नागीधार महोत्सव तयारी पूरा
२६ औं घलेल ल्होछार उत्सव
प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ
२६ औं पोखरा सडक महोत्सव सुरु
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१