चिउली पाचेको महायज्ञ शुरू

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७५
mahayagya super_Fotor

पोखरा,  ६ चैत। चिउली पाचे तमु समाजको आयोजनामा बुधबारदेखि पोखरामा श्रीमद्भागवत् महापुराण ज्ञानमहायज्ञ–२०७५ शुरु भएको छ।

पोखरा–१२,  चापापानीस्थित समाजको आफ्नै समाजघरमा शुरु महायज्ञ चैत १२ गतेसम्म चल्नेछ। महायज्ञका प्रमुख वाचक भागवताचार्य युवासन्त रोहितराज महाराज (गुरुङ) हुन्।

महायज्ञ उद्घाटन अघि शोभायात्रा निस्केको थियो। कार्यक्रममा सहभागी अधिकांश गुरुङ समुदायहरु जातीय पोशाकमा उपस्थित थिए। महायज्ञस्थलबाट शुरु शोभायात्रा पुरानोधारा,  माटेपानी,  शीतलदेवी मन्दिर हुँदै पुनः महायज्ञस्थल पुगेको थियो।

महायज्ञमा कथावाचन सहित दैनिक पूजा,  भागवत् आरती,  प्रसाद वितरण,  लक्ष्यवर्ती प्रज्ज्वलन,  पूर्णवर्ती हुने महायज्ञ मूलआयोजक समिति संयोजक कणेर्ल कमानसिंह गुरुङले जानकारी दिए।

महायज्ञ शुरु हुनु पूर्व दान गरेका समाजका सदस्य एवं महायज्ञ सल्लाहकार भूपू ब्रिटिस आर्मीका डब्लुओटु समाजसेवी गमबहादुर गुरुङ र श्रीमती तिलकुमारी गुरुङ लगायतलाई सम्मान गरिएको थियो। पोखरा–२७,  डाँडाकोनाक निवासी गुरुङ दम्पत्ति र उनको परिवारले महायज्ञ पूर्व नै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ दान गरेर पहिलो दाता बनेका हुन्। यस्तै,  पोखरा–१२,  माटेपानी गुम्बाफेदी निवासी महायज्ञ मूलआयोजक समिति संयोजक कणेर्ल कमानसिंह गुरुङ र श्रीमती पदमशोभा गुरुङ परिवारले १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ दान गरेका छन्।

जनजाति महासंघ पोखरा नगर कमिटी अध्यक्ष समेत रहेका पोखरा २९,  भण्डारढिक निवासी जंगबहादुर गुरुङ र श्रीमती गोपीमाया गुरुङले १ लाख ११ हजार १ सय ११ र पोखरा–११,  फूलबारी निवासी क्याप्टेन तेजबहादुर गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान दिए। उनीहरुलाई महायज्ञका प्रमुख वाचक रोहितराज महाराज (गुरुङ) ले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेका हुन्।

चिउली पाचे तमु समाजले पहिलो चोटी आयोजना गरेको सो महायज्ञ सफल पार्न सबै जनाको यस्तै सहयोग आवश्यक रहेका महायज्ञका सल्लाहकार मोती गिरीले बताए।

पितृउद्धार साथै चौतर्फी विकासका लागि आयोजित महायज्ञमा भागवत् कथा सुन्न मानिसहरुको उल्लेख उपस्थिति थियो। सिक्किम निवासी प्रमुख वाचक रोहितराजले संगीतमय शैलीमा महायज्ञको कथा वाचन गरेका छन्।

समाजका ज्येष्ठ सदस्य ९० वर्षीय क्याप्टेन तेजबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता चिउली पाचे तमु समाजका अध्यक्ष सुवेदार रणबहादुर गुरुङले गरेका थिए।

कार्यक्रम संचालन महायज्ञ सल्लाहकार मोती गिरी र संचारकर्मी देवीजंग गुरुङ तथा स्वागत मूलआयोजक समिति संयोजक संयोजक कणेर्ल कमानसिंह गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • खेलकुद पत्रकार मञ्चको पदस्थापन

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नवनिर्वाचित कार्यसमितिको शनिबार पदस्थापन भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको…
  • मेलामा सूचना प्रविधिको ज्ञान

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ…
  • राजनीति सङ्लो भए मुलुकको विकास छिट्टै : डा. वाग्ले

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राष्ट्रिय योजना र बजेटमार्फत देशको अर्थतन्त्र चलायमान…
  • करार फालेर करार नियुक्त गर्दै महानगर

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको…
  • भलिबल क्रेज बढाउँदै टाइगर कप

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पोखरामा पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।…

hero news full width