प्लाष्टिक विकल्पमा झोला सिलाइ तालिम

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७५
cutting_Fotor

सामुदायिक बैदामको आयोजनामा प्लाष्टिकको विकल्पमा झोला सिलाइ तालिमका सहभागी। तस्वीर : आदर्श समाज

पोखरा,  ६ चैत। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा प्लाष्टिकको वैकल्पिक झोला सिलाइ तालिम शुरु भएको छ।

केन्द्रको कार्यालय हल्लनचोकमा शुरु तालिममा सो क्षेत्रका विभिन्न आमा समूहका २० जना प्रतिनिधिको सहभागिता छ।

प्रमुख अतिथि पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारी र डिभिजन वन कार्यालय कास्कीका प्रमुख धनञ्जय लामिछानेले संयुक्त रुपमा तालिम उद्घाटन गरेका हुन्।

सात दिनसम्म चल्ने तालिममा प्रशिक्षक सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष मीना भट्टराईले सिलाइबारे जानकारी दिने छन्।

उनको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कास्कीका कार्यबाहक अध्यक्ष बोधराज कार्की,  संस्थाका सल्लाहकार पम्फा पहारी,  मितेरी नारी समूहका अध्यक्ष मीरा पौडेल,  वडा प्रहरी कार्यालय बैदामका डिएसपी कमल शाहले वातावरण प्रदूषण नियन्त्रणमा तालिम फलदायी हुने बताएका थिए।

कार्यक्रममा स्वागत तालिम संयोजक ठाकुर बराल र संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए।

तालिमपछि उत्पादित झालाहरु एक समारोह आयोजना गरी सो क्षेत्रका मानिसलाई निःशुल्क वितरण गरिने संस्थाकी अध्यक्ष भट्टराईले जानकारी दिइन्।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width