पोखरा, ६ चैत । कास्कीको माछापुच्छे गाउँपालिका– ९ मर्दी हिमालको भ्यू टावरवाट फर्कने क्रममा बुधवार एक जापानीज नागरिक भीरवाट खसेर मृत्यु भएको छ ।
पासपोर्ट न.TR2837904 भएका ६४ बर्षीय NAJASAWA MAJAHSI नाम गरेका पुरुष व्यक्ति वाटोमा चिप्लिएर भीरवाट खसेर मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । बुधवार विहान भीरवाट करिव ८०० मीटर तल खसेका जापानीजको शव हेलिकप्टरद्वार ल्उयाउने भनिएको भएपनि मौसमका कारण बुधवार हेलिकप्टर त्यहाँ पुग्न सकेको छैन ।
काठमाण्डौको हिमालय शेर्पा एडभान्चर कम्पनीवाट चार जापानीज नागरिक सहित दुई नेपाली गाईड गरी ६ जनाको टोली मर्दी हिमालको ट्रेकिङको लागि यही चैत १ गते त्यसतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकरी दिए ।
उक्त स्थानमा पुग्न कास्कीको माछापुच्छे गाउँपालिकावाट पैदल यात्रागरी तीन दिनमा उक्त घटनास्थलमा पुग्न सकिन्छ । घटनाको वारेमा जानकारी लिने काम जापानीज टोलीसँगै रहेकी गाईड पासाङ दावा शेर्पासँग भइरहेको जानकरी कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकराी दिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१