विश्वविद्यालयमा प्रधानमन्त्री र शिक्षामनत्रीको भूमिका वढ्दै

एजेन्सी
चैत्र ५, २०७५
Tribhuvan-University-TU-800×445-e1527488228298

काठमाण्डौ, ५ चैत । विश्वविद्यालयमा प्रधानमन्त्री र शिक्षा मन्त्रीको भूमिका बढाउने गरी सरकारले ऐन संशोधनको प्रक्रियालाई तिव्रता दिएको छ ।

संसदमा दर्ता भएको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधनमार्फत् सरकारले प्रधानमन्त्री(कुलपति)ले निर्देशन दिन सक्ने व्यवस्था राखेको हो। यसअघि कुलपतिले विश्वविद्यालयसँग सम्बन्धित विषयवस्तुमा निरीक्षण वा जाँचबुझ गर्ने वा गराउने अधिकार थियो। संशोधनमा कुलपतिले ‘निर्देशन दिने’ व्यवस्था थपिएको हो। कुलपतिको भूमिका प्रभावकारी तुल्याउन निर्देशन शब्द थप गरिएको विधेयकको ब्याख्यात्मक टिप्पणीमा उल्लेख छ।

सहकुलपति रहने शिक्षा मन्त्रीको अधिकारसमेत विधेयकमा बढाउन प्रस्ताव गरिएको छ। सहकुलपतिले आवश्यकताअनुसार निरीक्षण गर्ने र निर्देशन दिन सक्ने व्यवस्था यसअघि विधेयकमा थियो। विधेयकमा शिक्षा मन्त्री (सह कुलपतिल)ले आवश्यकता अनुसार निरिक्षण गर्न र गराउन र निर्देशन दिन सक्ने व्यवस्था राखिएको छ।

सरकारले संविधान अनुकुल नभएका कानुन गत फागुन २१ गतेभित्रै संशोधन गरिसक्नुपर्ने भए पनि विश्वद्यालयका ऐन संशोधन भएका थिएनन्। संविधानसँग बाझिएका कानुन स्वत अमान्य हुने भएपछि सरकारले ढिला गरीमात्र संशोधन विधेयक दर्ता गराएको हो।

विधेयकले कुलपति (प्रधानमन्त्री)ले उप(कुलपति, शिक्षाध्यक्ष र कुलसचिव र सेवा आयोगको अध्यक्षलाई हटाउन सक्ने व्यवस्था समेत गरेको छ। यसअघि रिक्त भएको स्थानमा पुर्तिको व्यवस्था भए पनि आचरण र जिम्मेवारी पूरा नगरेको अवस्थामा हटाउनेसम्बन्धी व्यवस्था विश्वविद्यालय ऐनमा थिएन।

कुलपतिले विश्वविद्यालयको सभाका एक चौथाइ सदस्यले हटाउन निवेदन दिए छानबिन गराएर हटाउने प्रस्ताव सभाको बैठकमा लैजान सक्ने व्यवस्था विधेयकले गरेको हो। यस्तो प्रस्ताव विश्वविद्यालको सभाको बहुमतले अनुमोदन गर्नुपर्ने व्यवस्था विधेयकमा प्रस्तावित छ। सरकारले ‘सुशासन कायम गर्न सहयोग पुग्ने’ भन्दै उल्लेखित व्यवस्था विधेयकमा समेटेको हो।

सरकारले छात्रवृती ऐन, नेपाल संस्कृत विश्वविद्यालय ऐन, काठमाडौं विश्वविद्यालय ऐन, त्रिभुवन विश्वविद्यालय ऐन, विश्वविद्यलाय अनुदान आयोग ऐन, पूर्वाञ्चल विश्वविद्यालय ऐन, पोखरा विश्वविद्यालय ऐन, लुम्बिनि बौद्ध विश्वविद्यालय ऐन, सुदुरपश्चिम विश्वविद्यालय ऐन, मध्यपश्चिम विश्वविद्यालय ऐन, कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, नेपाल खुल्ला विश्वविद्यालय ऐन र राजर्षि जनक विश्वविद्यालय ऐन एकसाथ संशोधन अगाडि बढाएको हो।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width