काठमाडौँ, ५ चैत । विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विवेकशील साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई कारवाही गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।
“तोकिएको भन्दा बढी शुल्कले विद्यार्थी र अभिभावकलाई मर्का पर्न गएकामा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा कदम चाल्न सरकारसँग माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सामाजिक सेवामा राज्यको दायित्वसहित नागरिकको सहज र न्यायोचित पहुँच सुनिश्चितका लागि आवश्यक कानूनी व्यवस्था गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ ।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१