खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७५
nsjf installation

पोखरा, ४ चैत नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिको सोमबार पदस्थापन भएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनकोे प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुप्रसाद अधिकारीले कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मन्त्री पुनले प्रमाणपत्र वितरण गरिन् भने सांसदद्वय मीना गुरुङ र दीपक कोइरालाले माला र अबिर लगाइदिएका थिए ।

पदस्थापन समारोहमा बोल्दै मन्त्री पुनले प्रदेशको खेलकुद विकासका लागि मञ्चसँग मन्त्रालयको समन्वय हुने बताइन् ।
निर्वाचन संयोजक अधिवक्ता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय मीना गुरुङ र दीपक कोइराला, पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, निर्वाचन समिति सदस्य समेत रहेका महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठ, मञ्चका नवनिर्वाचित अध्यक्ष एकराज गिरी, पत्रकार महासंघ प्रदेश उपाध्यक्ष शान्ति गुरुङ लगायतले बोलेका थिए ।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष केशव पाठकले स्वागत र निर्वाचन समिति सदस्य प्रकाश बरालले संचालन गरेका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष पाठकले अध्यक्ष गिरीलाई माइन्युज हस्तान्तरण गरेका थिए । कार्यक्रममा खेलसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

गत फागुन २५ मा भएको निर्वाचनमा एकराज गिरीले दीननाथ बराललाई एक मतअन्तरले पछि पर्दै अध्यक्षमा निर्वाचित भएका थिए । ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपाल, सचिव राजाराम पौडेल, कोषाध्यक्ष शशी पौडेल, सदस्य खुलातर्फ उमेश पुन, नारायण शाही ठकुरी, रोशन अधिकारी, समावेशी महिलातर्फ कविता घर्तीमगर, आदिवासी जनजातिमा गीता रानामगर र दलितमा सुशील नेपाली निर्विरोध भएका थिए ।

यसैबीच, मञ्चको प्रथम बैठकले निर्वाचनमा सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गरेको महासचिव विजय नेपालले जनाए ।

२०५७ सालमा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च समन्वय समिति कास्की यस वर्ष गण्डकीको नाउँमा दर्ता भएको हो । मञ्चमा ५१ सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width