कास्कीको मादी गाउँपालिकामा भेटियो बर्डफ्लु

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७५
maxresdefault

पोखरा, ४ चैत । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ ।

मादी गाउँपालिका–३ की याङ्जाकोटमा सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् ।

पोखराबाट काठमाडौं परीक्षणका लागि पठाउँदा बर्डफ्लु देखिएको भेटेरीनरी अस्पताल पशु सेवा केन्द्रका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिए । बर्डफ्लू प्रमाणित भएपछि कार्यालयले त्यस क्षेत्रका कुखुरा मार्न शुरु गरेको छ ।

कुखुराको संख्याबारे एकिन नभएको उनले बताए । परियारले पालेका लोकल र गिरिराज कुखुरामा बर्डफ्लु देखिएको थियो । बर्डफ्लु लागेको क्षेत्रमा चार किल्ला कायमगरी बर्डफ्लु संक्रमित कुखुरा नष्ट गरिएको छ भने सो क्षेत्रमा कुखुरा र दानाहरू आयात र निर्यात गर्न समेत रोक लगाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width