पोखरा, ३ चैत। पोखरा–१७, विरौटा निवासी रेशमराज सुवेदी र श्रीमती लक्षिमा सुवेदीले शुभविवाह भएको ५० वर्ष पुगेको स्वर्ण उत्सवको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन्।
मानव मिलन संस्था पोखराद्वारा आइतबार आयोजित कार्यक्रममा सुवेदीले आश्रमका कोषाध्यक्ष उषा गोशलीलाई नगद ३० हजार रूपैयाँ हस्तान्तरण गरेका हुन्।
त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी लीलाभक्त आचार्यले वैवाहिक उत्सवमा फजुल खर्च कटाएर आश्रमलाई सहयोग गर्नु उदाहरणीय कार्य भएको बताए।
उक्त कार्यक्रममा पत्रकार सुष्मा पौडेल, राममन्दिर व्यवस्थापन समितिका सचिव पुण्डरीप्रसाद बराल, जनआदर्श उच्च मा.वि. आरुखर्कका पूर्व प्रधानाध्यापक उमाकान्त सुवेदीले शुभकामना व्यक्त गरेका थिए।
आश्रमका अभियन्ता होमनाथ तिमिल्सिनाको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन मानव मिलन पोखराका सल्लाहकार सावित्री शर्माले गरेकी थिइन्। सहयोगदाता सुवेदी मानव मिलन पोखराका अध्यक्ष हुन्।
Related News
सम्बन्धित समाचार
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
बालोदयमा इन्टेलेक्ट स्फेयर
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१