ओम र एनबिआई बीच सम्झौता

एजेन्सी
चैत्र ४, २०७५
Om Bank photo

पोखरा, ३ चैत। ओम डेभलपमेन्ट बैंक तथा नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका हुन्। बिकास बैंकहरु मध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो बैंकको रुपमा रहेको छ।

उक्त समझदारीपत्रमा नेशनल बैंकिङ इन्स्टिच्यूट मार्फत ओम डेभलपमेन्ट बैंक लि. का एक सय भन्दा बढी कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ प्रमाणीकरण (जानबी) कोर्स प्रदान गर्ने सहमति भएको छ। बैंकिङ कर्मचारीहरुको क्षमता एवँ दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो। उनीहरुको क्षमता बृद्धि तथा बैंकिङ सम्बन्धी ज्ञान, सीप र शिक्षामा अझ बढि निखार ल्याउने साथै भविष्यमा बैंकिङ क्षेत्रमा अव्वल रुपमा उभ्याउनु यसको उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width