म्याग्दी, ३ चैत । म्याग्दीको सदरमुकाम बेनी बजारमा सम्पन्न तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजार ६०० को आँखा जाँच गरिएको छ ।
शिविरमा ८२ जना मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा उपचार हुन नसकेका ९ जना जटिल बिरामीलाई हिमालय आँखा अस्पताल पोखरा सिफारिस गरिएको शिविरका संयोजक एवं नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा कल्याण ढुङ्गानाले जानकारी दिए ।
‘हामी नेपाली’ काठमाण्डौँको आयोजना, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँको प्राविधिक सहयोग, बेनीका विभिन्न लायन्स क्लब, नेपाल रेडक्रस सोसाइटी म्याग्दी र आर्ट फाउण्डेसन काठमाण्डौँको व्यवस्थापनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्चना शर्माको नेतृत्वमा १० चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा आएका धेरै जसो बिरामीको दृष्टि दोष (धेरै टाढा वा नजिक)को समस्या रहेको र उनीहरूलाई चस्मा लगाउन आवश्यक देखिएको नेत्ररोग विशेषज्ञ डा अर्चना शर्माले बताइन्
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१