गण्डकी मेडिकल कलेजको ताला खुल्यो

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७५
gandaki medical college pokhara

पोखरा, २ चैत। गण्डकी मेडिकल कलेजको ताला डेढ महिनापछि शनिबार खोलिएको छ। अबैधरुपमा बढी शुल्क असुलेको भन्दै आन्दोलित विद्यार्थीले गत माघ २१ मा कलेज र अस्पतालको इमजेर्न्सीबाहेक सबै कक्षमा तालाबन्दी गरिदिएका थिए।

एमबीबीएस दोश्रो वर्षको परीक्षा नजिकिएपछि विद्यार्थीले प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासँगको सहमतिपछि प्रहरीको रोहवरमा ताला खोलिदिएका हुन्। परीक्षा चैत २१ देखि हुँदैछ।

परीक्षामा सहभागी हुन ७ दिनसम्म फाराम भर्ने म्याद छ। अहिलेको परीक्षा दिन नपाए उनीहरुको ‘इयर लस’ हुनेछ। सो ब्याचमा ५३ जना विद्यार्थी अध्ययनरत छन्।

उच्च अदालत पोखराले सञ्चालक पक्राउ गर्न र अनुसन्धानमा बाटो खुला गरिदिएपछि सहमतिमै ताला खोलिएको विद्यार्थी अनित सिन्हाले जानकारी दिए।

शुक्रबार दिउँसो नै ताला खोल्ने तयारी भए पनि कलेजतर्फबाट जिम्मेवार ब्यक्ति उपस्थित नभएको भन्दै खोलिएको थिएन। विद्यार्थीको पूर्ण समर्थन पाएकोले कलेज ब्यवस्थापक उपस्थित नभए पनि ताला खोलेको सिन्हा बताउँछन्।

ताला खुलेपछि अस्पतालको नियमित काम शुरु भैसकेको छ भने कलेज पनि आइतबारदेखि नियमित पठनपाठन हुने विद्यार्थीले बताए।

तर कलेज सञ्चालक चाहीँ सम्पर्कमा छैनन्। ५३ करोड रुपैयाँ ठगी गरेको आरोपमा विद्यार्थीले ११ जना सञ्चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्की र सम्पत्ति शुद्धिकरण विभागमा फागुन २१ गते उजुरी दिएका थिए।

उजुरी आधारमा कास्की प्रहरीले अदालतसँगको अनुमतिमा कलेज अध्यक्ष खुमा अर्यालसहित ११ सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। यसअघि कलेजका पूर्व सिईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन्।

एमबीबीएस दोश्रो वर्षको परीक्षा मध्यनजरमा राखेर ताला खोल्ने निर्णय गरेको विद्यार्थी रविना मिश्रले जानकारी दिइन्।

दुई दिनसम्म बहस सुनेर गत उच्च अदालत पोखराले कानून अनुसारको कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयमा आदेश पठाएको छ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width