आलु महोत्सवलाई सहयोगको प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७५
aalu mahousab photo_Fotor

हेमजा, २ चैत।  १० आंै राष्ट्रिय हेमजा आलु महोत्सवलाई हेमजाका आमा समूह तथा युवाले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन््। महोत्सव हेमजामा चैत २२ देखि वैशाख १ सम्म हुँदैछ ।

मूल आयोजक समितिले शनिवार राखेको आमा समूह तथा युवाको भेलाका सहभागी आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्घता जनाएका हुन्।

नमूना आमा समूहकी लक्ष्मी बास्तोलाले महोत्सवलाई आमा दिदीबहिनीले भरपूर साथ दिने प्रतिबद्घता जनाउँदै यो हेमजाको चाड भएको भनाइ राखिन्।त्यस अवसरमा नवजागरण महिला समूहकी सरस्वती तिम्सिना, नहरचोक आमा समूहकी मनु तिम्सिना, जनकल्याण आमा समूहकी धना तिम्सिना हेमजा आमा समूहकी उमा आचार्य त्रिपाठी, जनजागृति आमा समूहकी मुरली तिम्सिना लगायतले बोलेका थिए।

त्यसैगरी युवाले पनि महोत्सव सफल बनाउने दायित्व आफूहरुको भएको बताए । कार्यक्रममा दीव्यदृष्टि युवा क्लबका मनोज कार्की, पूर्व खेलाडी सुधीरजंग थापा, विष्णुपादुका क्लबका टिम क्याटेन रोशन केसी, हेमजा युवा सञ्जाल तथा हेमजा युनाइटेडका प्रतिनिधिले भनाइ राखेका थिए।

भेलाले आलु महोत्सवमा हेमजा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ। त्यस्तै आमा समूह अनिवार्य रुपमा पोशाकमा आउनुपर्ने, उपस्थिति र कार्य मूल्यांकनलाई आधार मानी ३ आमा समूहलाई पाँच हजार र सम्मानपत्रले सम्मान गर्ने, झाँकीका लागि पहिला नै समूह दर्ता गर्नुपर्ने लगायतका निर्णय पनि गरिएको छ। त्यस अवसरमा मूल आयोजक समिति संयोजक कृष्णबहादुर खड्का, महासचिव वसन्तकुमार श्रेष्ठ, आर्थिक संयोजक मदन थापा, झाँकी व्यवस्थापन समितिका जयराम तिमिल्सिना, आमा समूह परिचालन समितिकी सिर्जना सापकोटा, सल्लाहकार दानबहादुर थापा, रामचन्द्र त्रिपाठी लगायतले सहजीकरण गरेका थिए।

महोत्सव आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन्।

महोत्सवमा ४० वटा कृषि प्रदर्शनीका स्टल, १५ वटा कृषि उत्पादन बिक्री वितरण स्टल, ३५ वटा व्यापारिक स्टल, १५ वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, दुई प्राथमिक उपचार, पाँच बैकिङ कारोवार तथा पाँच वटा मनोरञ्जन स्टल रहने अर्थ संकलन उपसमितिका संयोजक मदन थापाले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width