पोखरा, २ चैत । कोपिला सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई बैंकिङ कारोबारका लागि कोपिला एप्स शुरु गरेको छ । पोखरा–४ मा रहेको सो सहकारीले सो अवसरमा सहकारी प्रशिक्षण समेत ग¥यो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल र सहकारी अध्यक्ष सूर्यबहादुर जिसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा संस्थाका २ सय ५० जना शेयर सदस्यलाई कोपिला एप्स र सहकारीसम्बन्धी प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा एप्सका डेभलपर सुवाश आचार्यले शेयर सदस्यहरुलाई बैंकिङ सुविधासम्बन्धी प्रशिक्षण गराएका थिए भने सहकारीसम्बन्धी सहजीकरण सुदीप ढकालले गरेका थिए ।
संस्था अध्यक्ष जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य श्री प्रसाद गौतमले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।
कार्यक्रम संचालन शिक्षा समिति संयोजक उपेन्द्रराज पोख्रेल र धन्यवाद ज्ञापन शिक्षा समिति सदस्य ठाकुरप्रसाद आचार्यले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१