फागु पूर्णिमाको दिन घान्द्रुकमा खुल्ला घोडा दौड प्रतियोगिता

नारायण शाही
चैत्र २, २०७५
IMG_2415

पोखरा, २ चैत । चैतको ६ गते फागु पूर्णिमाको दिन कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा खुल्ला घोडा दौड प्रतियोगिता हुने भएको छ ।

पहाडी क्षेत्रमा घोडा दौडमार्फत पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले घान्द्रुकमा आयोजना गर्न लागिएको खुल्ला घोडा दौड प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ ।
घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले फागुपूर्णिमाको अवसरमा आयोजना गरेको दोस्रो घोडा दौड प्रतियोगिताको सवै तयारी पूरा भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

साहसिक खेलको रुपमा चर्चित घोडा दौड प्रतियोगिताले स्वदेशी तथा विदेशी पर्यटकको मन जितेर पर्यटनको विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । ‘घोडा दौड प्रतियोगिताले पर्यटकीय देश नेपालको पहाडी र हिमाली क्षेत्रलाई साहसिक खेल घोडा दौडको लागि उपयुक्त छ भनेर अन्तराष्ट्रिय जगतमा चिनाउने हाम्रो विश्वास छ,’ आयोजक समितिका अध्यक्ष यमवहादुर गुरुङले पत्रकार सम्मेलनमा बताए ।

गुरुङले भने, ‘पहिलो प्रतियोगितामा जम्मा १८ जना सहभागि भएकोमा यसपालि भने झण्डै तीन गुणा वढि ५० जनाले सहभागिता जनाउने छन् । प्रतियोगितामा स्वदेशी, स्थानीय र विदेशी घोडा राईडरहरुले भाग लिने छन् । उनीहरुको रोमाञ्चक कला, कौशलले दर्शकहरुको समेत मन जित्ने अपेक्षा गरिएको छ ।’

प्रतियोगिताका विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार, तेस्रोलाई २० हजार रुपयाँसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी सवैलाई प्रमाणपत्र प्रदान गरिने आयोजक प्रचार प्रसार समितिका संयोजक अमृत गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागि हुन चाहनेले आगामी ५ गतेभित्र नाम दर्ता गराउन आयोजकले आग्रह गरेको छ । प्रति सहभागी दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव ७ लाख ५० हजार रुपयाँ लाग्ने आयोजकको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width