काठमाडौँ, २ चैत । धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर रु एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद बिक्री भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोवार अवधिभर शेयर कारोवार हुन सकेन । साताको पहिलो दिन मात्रै बजार ०.९४ बिन्दुले सुधार आएको थियो । कारोवार छोटो समयमात्रै हुँदा १४० कम्पनीका तीन लाख २२ हजार २४२ कित्ता शेयर नौ करोड ३८ लाख मूल्यमा कारोवार भए ।
साताको दोस्रो दिन सोमबार कारोवार मापक नेप्से परिसूचक १४.२८ बिन्दुले बढेर एक हजार १४२.९३ बिन्दुमा पुगेको थियो । सो दिन कूल १७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता शेयर ४० करोड २८ लाख ४० हजार २१३ मा खरीद बिक्री भए ।
यस्तै साताको तेस्रो दिन मङ्गलबार कूल १७६ कम्पनीका १९ लाख ५४ हजार ५६ कित्ता शेयर ५२ करोड ७७ लाख ३५ हजार ५५८ मूल्यमा खरीद बिक्री भए । साताको चौथो दिन बुधबार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० बिन्दुमा झ¥यो । सो दिन कूल १७४ कम्पनीका १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोवार भए । स्टकका अनुसार सो दिन रु ४२ करोड ८३ लाख ४१ हजार १५२ मूल्यमा खरीद बिक्री भए ।
यस्तै साताको पाँचाँै दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको थियो । कूल १७१ कम्पनीका १३ लाख ३९ हजार ९७२ कित्ता शेयर रु ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भए ।
यस साता स्टकमा विभिन्न चार कम्पनीका शेयर सूचीकृत भए । सिद्धार्थ बैंकको सिद्धार्थ डिवेञ्चर २०८२ को २१ लाख ६२ हजार ५५९ कित्ता साधारण शेयर सूचीकृत भयो । यस्तै सानिमा बैंक डिवेञ्चर २०८५ को १३ लाख ५४ हजार ७१२ कित्ता साधारण शेयर, आशा लघुवित्त वित्तीय संस्थाका २० लाख ७४ हजार कित्ता साधारण शेयर र जेबिल्स फाइनान्सका १९ लाख ७० हजार ६९४ कित्ता हकप्रद शेयर सूचीकृत भएको स्टकले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१