काठमाडौँ, १ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक हप्ताभित्र उपलब्धिमूलक कार्यक्रम बनाएर ल्याउन प्रेस काउन्सिल नेपाललाई आग्रह गरेका छन् ।
प्रेस काउन्सिल नेपालको आज सम्पन्न वार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले नियम र कानून कुनै पनि प्रस्ताव नरोकी यथाशीघ्र कार्यान्वयनमा ल्याइने बताए ।
काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिँदै तयार भएका ऐन, विनियमावली, निर्दे्शिका यथाशीघ्र स्वीकृत हुनुपर्ने, आगामी वर्ष स्वर्ण जयन्ती वर्ष भएकाले भव्य रुपमा सम्पन्न गर्ने बताउँदै आइपरेका समस्या, समाधानका उपाय र मन्त्रालयबाट गरेको अपेक्षाबारे धारणा व्यक्त गरे।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झवीन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गर्दै पछिल्लो दुई वर्षमा भएका महत्पूर्ण उपलब्धि, आगामी सोच तथा कार्यक्रमबारे प्रकाश पारे । समीक्षा बैठक पश्चात साहित्यिक पत्रकारहरुको टोलीसँग भएको छलफलमा साहित्यिक पत्रकारिताका क्षेत्रका समस्यालाई मन्त्रालयले समाधान गर्न पहल गर्नुपर्ने धारणा राखिएको थियो ।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१