बुटवल १ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले मन्त्रीपरिषदले नेकपालाई प्रतिबन्ध लाउनुभन्दा देशमा भैरहेको आतंकबादी गतिबिधि रोक्न तर्फ लाग्नुपर्ने बताएका छन् ।
देशभर आतंकबादका गतिबिधि श्रृङ्खलाबद्ध रुपमा भैरहेको भन्दै उनले कानून विपरित गतिबिधि गर्न कोही कसैलाई पनि छुट नभएको प्रष्ट पारे ।
रिपोर्टर्स क्लब प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा. महतले सरकारले देशमा शान्ति सुब्यवस्था कायम गर्नुपर्ने बताए ।
बिप्लव नेकपामाथि प्रतिबन्ध ठिक की बेठिक भन्ने प्रश्नमा उनले भने—‘कानून बिपरित गतिबिधि गर्न कसैलाई छुट छैन,सरकारले निर्णय गरेर मात्रै बस्ने होइन ।’ सरकारले सही गति लिन नसकेको भन्दै उनले प्रचारबाजिमा मात्रै समय बिताएको आरोप लगाए ।
रेल,पानीजहाजका गफ चुटेर सम्वृद्धि नआउने भन्दै उनले जनताले अनुभूति हुने गरी काम गर्न सरकारलाई सुझाए ।कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले कांग्रेस एक भएपनि संगठनात्मक कमजोरी रहेको उल्लेख गरे ।
अहिले शशक्त प्रतिपक्षको भूमिका पनि निर्बाह गर्न नसकेको भन्दै गति बढाउनुपर्ने उनल बताए । क्लबका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका प्रदेश सदस्य कपील ज्ञवालीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१