बाँदर समाउन नयाँ प्रविधि

रासस
चैत्र १, २०७५
monkeys2
  • बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष २०७५÷७६ मा रु रु १५ लाख विनियोजन
  •  पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास
  •  स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनाँैको सङ्ख्यामा बाँदर समाउन सकिने
  • बिहीबार मात्रै २१ बाँदर नियन्त्रणमा

पर्वत, १ चैत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ ।

बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनाैँको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो । शुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब स्थानीय व्यक्तिलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट बाँदर नियन्त्रण गर्न थालिएको गाएँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार यो प्रविधि थोरै जनशक्तिबाट पनि बाँदर नियन्त्रणमा लिन सकिने खालको छ । बिहीबार मात्रै २१ बाँदर नियन्त्रणमा लिइएको अध्यक्ष पौडेलले जानकारी दिए । यसअघि झण्डै साढे तीन सय बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएकामा फेरि नियन्त्रण गर्न थालिएको हो । बिहीबार पहिलोपटक शुरुआत गरिएको स्थानीय प्रविधि सफल भएको बाँदर नियन्त्रण तथा स्थानान्तरण समितिका अध्यक्ष सरस्वती अधिकारीले जानकारी दिइन् ।

स्थानीय व्यक्तिबाटै बाँदर नियन्त्रण गर्न सकिने भएपछि अब जतिबेला बाँदरको सङ्ख्या बढ्छ त्यतिबेला नियन्त्रण गरिहाल्न सकिने अधिकारीले बताइन् । बाँदरले बालीनाली सखाप पारेको गुनासो चुलिएपछि गाउँपालिकाले अभियान नै चलाएर बाँदर समाउन थालेको हो । चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३३० बाँदर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएको र फेरि समाएर खोरमा जम्मा गर्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष २०७५÷७६ मा र रु १५ लाख विनियोजन गरेको थियो ।

गाउँपालिकाको उक्त अभियानले स्थानीय कृषकलाई ठूलो राहत मिलेको छ । पालिकाअन्तर्गत भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकामा अहिले धेरै कम भएको स्थानीयवासीले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

  • घरपिच्छे मौरीको घार

    धनबहादुर गुरुङ मंसिर २१, २०७९
    पोखरा । चिटिक्क मिलेको गाउँ । थुम्कोमा भएकाले उत्तरतर्फ हिमालको दर्शन मज्जैले पाइने । भ्याएसम्मका डाँडा हेरेर नयन थाक्दैनन् ।…
  • नयाँ निर्वाचनको व्यवस्था आवश्यक : थपलिया

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    पोखरा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित…
  • सकियो समानुपातिक मतगणना, एमालेलाई सर्वाधिक ३४ सिट

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०७९
    पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकमा नेकपा (एमाले) पहिलो पार्टी बन्दै सर्वाधिक ३४ जितेको छ । गएको ४ मंसिरमा…
  • मेलामा महिला उद्यमीका कहानी

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०७९
    पोखरा । पोखरा उद्योग वाणिज्य संघ आयोजनामा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला अवसरमा सोमबार ‘सेल्फ मेड महिला’ विषयक…
  • पोखरामा होटल स्तरीकरण

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०७९
    पोखरा । पोखराका होटल तथा रेस्टुरेन्ट स्तरीकरण तथा लोगो वितरण कार्य सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,…

hero news full width