संगठित अपराध र विध्वंश नियन्त्रण गर्न प्रतिबन्ध— मन्त्री बांस्कोटा

रासस
चैत्र १, २०७५
gokul-baskota-2-768×398

पोखरा, १ चैत । सरकारले संगठित अपराध र विध्वंशकारी गतिविधि गरेकाले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनु परेको स्पष्ट पारेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुलुकको शान्ति सुरक्षामाथि नै खलल आउने गरी चन्द नेतृत्वको नेकपाले अपराधिक तथा विध्वंशकारी गतिविधि गरेकाले उनीहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय सरकारले लिनु परेको स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बोल्दै उनले चन्द नेतृत्वको नेकपाले निर्दोष नागरिकको हत्या गर्ने, काठमाडौं लगायत देशका विभिन्न भागमा बम विष्फोट गराउने, जबरजस्ती चन्दा असुली गर्ने, अपहरण गर्ने जस्ता काम गरेर मुलुकको शान्ति सुरक्षामाथि नै खलल पु¥याउने काम गरेपछि त्यसलाई नियन्त्रणमा लिने संवैधानिक दायित्व र जिम्मेवारी सरकारको भएको पनि स्मरण गराए।

मन्त्री बाँस्कोटाले चन्द नेतृत्वको नेकपाले स्थानीय तहलाई धम्क्याउने तथा विभिन्न जलविद्युत आयोजनाको निर्माणस्थलमा आगजनी गर्ने लगायतका काम गरेकाले त्यसलाई नियन्त्रण गर्न सरकार सो समूहलाई प्रतिबन्ध लगाउन बाध्य हुनु परेको पनि स्पष्ट पारे।

Related News

सम्बन्धित समाचार

hero news full width