पोखरा, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ ।
पोखराका सडकमा पातलो मत्रामा सवारी साधन चलेपनि व्यापारिक केन्द्र, विद्यालय तथा उद्योगहरु भने वन्द छन् । मुख्य सडकमा निजी तथा सार्वजनिक सवारी साधन छिटफुट चलेका छन्।
पोखराको सभागृह चोकमा विहान बोतल बम भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले निक्रिय पारेको छ । त्यस्तै लेखनाथको भण्डारढीकमा पनि शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । विप्लव समूहका कार्यकर्ता भने सडकमा सार्वजनिक रुपमा देखिएका छैनन् ।
देशका मुख्य सहरहरु कठमाण्डौ, पोखरा, बिराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, धनगढीमा बन्दको आंशिक असर परेको त्यहाँ स्थित समाचारदताहरुले जानकारी दिएका छन् ।
विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ, पोखराको विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् भने विभिन्न स्थानमा प्रहरीका गुप्तचर खटिएका छन् ।
पूल, भवन, सरकारी कार्यालय लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाईएको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । कुनै अप्रीय घटना भने घटेको छैन ।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
रेडक्रसको जुनियर तथा युवा रेडक्रस शिविरद्वारा ‘१९ बुँदे आर्वा घोषणापत्र’
सहाराका बालकहरुसँग जन्मदिन, नगद र खाद्यान्न सहयोग
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१