अन्नपर्णका कृषक सहित संचारकर्मी सम्मानित

आदर्श समाज संवाददाता
फागुन २९, २०७५
samman with basu & tanka

पोखरा, २९ फागुन । अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो पाँचौं गाउँसभाका कृषक तथा संचारकमीृलाई पुरस्कृत गरे्को छ ।

गाउँसभाको अवसरमा कोदो खेती प्रति कृषकको आकर्षण बढाउन उत्प्रेरित गर्ने लक्ष्यका साथ गाउँपालिका अन्तरगतका सम्पूर्ण ११ वटै वडाका तीन÷तीन जना कृषकलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको हो ।

प्रत्येक वडामा अधिकतम कोदो उत्पादन गर्ने मध्ये पहिलो, दोस्रो र तेस्रो कृषकलाई जनही क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद सहित ३३ जना लाई पुरस्कृत गरिएको हो ।कार्यक्रममा प्रविण गुरुङ स्मृति लोकदोहोरी प्रतियोगिता व्यवस्थापन समितिका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै समाचार सम्प्रेषणका माध्यमबाट अन्नपूर्ण गाउँपालिकाको समग्र विकास एवम् प्रचारप्रसारमा सहयोग पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति पोखराका वासुदेव पौडेल, नेपाल समाचारपत्रका टंकराज अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिकका दीपक परियार र आदर्शसमाज राष्ट्रिय दैनिकका श्रीभद्र पौडेललाई सम्मान गरिएको हो ।

उनीहरुलाई गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र उपाध्यक्ष सगुन गुरुङले टिका तथा दोसल्ला ओढाएर सम्मान गरे ।
साथै गाउँसभाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५पारित गरेको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार गाउँपालिकाले आर्थिक ऐन, सहकारी ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन र विनियोजन ऐन गरी चार ऐन र विभिन्न १४ वटा कार्यविधि, नियमावली तथा निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित गरिसकेको छ ।कार्यक्रममा प्रविण गुरुङ स्मृति लोकदोहोरी प्रतियोगिता व्यवस्थापन समितिका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width