उच्च शिक्षा हासिल गर्न दुई सय जेहन्दारलाई छात्रवृत्ति

रासस
फागुन २९, २०७५
bnr4

काठमाडौँ, २९ फागुन । पृथक रुपमा सक्षम नवलपरासीका सौगात वाग्ले वित्त विकास विषयमा स्नातक तहको अध्ययन पूरा मार्गप्रशस्त भएकामा दङ्ग छन् ।

काठमाडौँ विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गर्न उनलाई भारत सरकारले छात्रवृत्ति प्रदान गरेपछि उनको अध्ययनले निरन्तरता पाएको हो । मध्यम वर्गीय परिवारका उनी आफू मात्र नभई आफ्नो भाइ पनि आफूजस्तै आँखाको ज्योति गुमाएको र माता पिताका निम्ति बोझ बनेको ठान्थे तर भारत सरकारले उनमा उत्साह जगाएको छ शैक्षिक वृत्ति प्रदान गरेर । उनी भन्छन् “भाइलाई पनि मेहनतका साथ पढ्न उत्प्रेरित गरेको छु, कुनै दिन उसले पनि मजस्तै छात्रवृत्ति पाउने छ ।”

सप्तरीको राजविराजका मोहम्मद जुवेरले पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थानमा स्नातकोपाधिका निम्ति भारत सरकारबाटै छात्रवृत्ति पाएका छन् भने सुनसरीको प्रकाशपुरकी सुप्रभा निरौलालाई सोही तहमा कृषि विज्ञान पढ्ने सपना साकार पार्न अध्ययनवृत्ति प्राप्त भएको छ ।

मोटरका कलपूर्जा बेच्ने पसलमा मजदूरी गर्ने प्रतीकरोशन साहका अभिभावक छोराको पढाइएको चिन्ताबाट मुक्त भएका छन् । प्रतीकरोशनले पनि ललितपुर इञ्जिनियरिङ कलेजमा ‘बिइ’ पढ्न छात्रवृत्ति पाएका छन् ।

भारत र नेपालबीच आर्थिक सहयोग प्रारम्भ भएको ५० वर्ष पुगेको अवसरमा आर्थिक अवस्था कमजोर भएका जेहेन्दार ५० जना विद्यार्थीलाई उच्च शिक्षाका निम्ति छात्रवृत्ति उपलब्ध १७ वर्षअघि शुरु भएको ‘स्वर्ण महोत्सव छात्रवृत्ति योजना’बाट दुई सय जना लाभान्वित भएका छन् ।

चिकित्साशास्त्र, इञ्जिनियरिङ, कृषि, व्यवस्थापन, दन्त चिकित्सालगायत सबै विधामा स्नातकोत्तर र स्नातक तहको शिक्षा नेपालमा नै पूरा गर्न भारतीय राजदूतावासले छात्रवृत्ति प्रदान गरेको हो ।

बुधवार छात्रवृत्ति पाएका नेपालका ५० जिल्लाका गरीब तथा प्रतिभाशाली दुई सय विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा, आठ प्रतिशत पृथक रुपमा सक्षम छन् भने दलित परिवारका सदस्यसमेत छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै उच्च शिक्षा हासिल गरेपछि विदेश पलायन नहुन र आफ्नै देशमा आफूले हासिल गरेको ज्ञान र सीप देशकै निम्ति उपयोग गर्न सुझाए ।

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले ‘स्वर्ण महोत्सव छात्रवृत्ति योजना’बाट हालसम्म दुई हजार तीनसय ५० विद्यार्थी लाभान्वित भएका बताउँदै उक्त योजनाअन्तर्गत हरेक वर्ष छात्रवृत्तिको ‘कोटा’ १० प्रतिशतले बढाइने जानकारी दिए ।

छात्रवृत्ति पाएका उत्कृष्ट पाँच विद्यार्थीले वैदेशिक रोजगारीमा नजाने प्रणमात्र गरेनन् मातृभूमिको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले आर्थिक समस्याका कारण पुस्तक, कापी कलमको जोहो गर्न नसकेके दुःखेसो पोखेका थिए । “जुत्ता सिलाएर जीवनयापन गर्ने र मेरो भरणपोषणको जिम्मेवारी भएका मेरा निरक्षर माता पिताले मलाई काठमाडौँमा उच्च शिक्षा हासिल गर्न पठाउने कुरा म कल्पना पनि गर्न सक्दिन,” सर्लाहीका एक छात्रले गला अवरुद्ध पार्दै त्यसो भन्दा प्रेक्षालयमा उपस्थित सबै भावुक भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width