भीड हुने कार्यालयमा अख्तियारका कर्मचारी

रासस
फागुन २९, २०७५
aa

काठमाडौँ, २८ फागुन । सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकै रुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेको छ ।

आयोगद्वारा आयोजित तीन दिने पत्रकारिता तालिमको समापन गर्दै प्रमुख आयुक्त नविनकुमार घिमिरेले भने । हरेक दुई दिनमा सेवाग्राहीकैरुपमा आयोगका कर्मचारी सेवाग्राही बढी हुने सरकारी कार्यालयमा परिचालित भएका छन् ।

विशेष गरी यातायात व्यवस्था विभाग, नापी, मालपोत कार्यालय, नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, विभिन्न सरकारी अस्पतालमा आयोगका अनुसन्धान अधिकृतलगायतका कर्मचारी परिचालित भएका छन् । सेवाग्राहीको चाप बढिरहेका कार्यालयमा विचौलिया र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार र अनियमितता हुने गरेको भन्ने जानकारी अत्यधिकमात्रामा आएपछि आयोगले सेवा सुधार गर्दै कर्मचारीलाई सदाचारी बनाउन त्यसरी कर्मचारी परिचालन गरेको हो ।

आयोगका कर्मचारी सेवाग्राहीका रुपमा त्यस्ता कार्यालयमा जाने र भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने तथा घुस लिन खोज्नेलाई ठाउँको ठाउँ पक्राउ गर्ने अधिकारसमेत दिइएको छ । प्रमुख आयुक्त घिमिरेले आयोगका प्रदेश कार्यालयमा नागरिक निगरानी समूह गठनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

भ्रष्टाचार र अनियमिता नियन्त्रणका लागि नागरिकस्तरबाटै सचेतना जरुरी रहेकामा जोड दिए । नागरिक, सञ्चारकर्मी, आयोगको संयुक्त प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिने भन्दै प्रमुख आयुक्त घिमिरेले सञ्चारकर्मीबाट थप सक्रिय भूमिकाको अपेक्षा राखेको बताए ।

आयोगले सञ्चारमाध्यमबाट पनि भ्रष्टाचारका विषयलाई समेत सूचनाको स्रोतका रुपमा प्रयोग गर्ने गरेको जानकारी दिँदै प्रमुख आयुक्त घिमिरेले नागरिकको चाहनाअनुसार भ्रष्टाचार नियन्त्रणमा लागिपर्ने विश्वाससमेत दिलाए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width