मिर्गौला पीडित आशक्ति घलेलाई सहयोग

एजेन्सी
फागुन २८, २०७५
file pic 3

पोखरा, २८ फागुन । मिर्गाैला पीडित बुटवल उप–महानगर पालिका —९,  तिनाउपथ निवासी १६ वर्षीया आशक्ति घलेलाई उपचारका लागि चार भञ्ज्याङ तमु समाज हङकङले  थप दुई लाख ६५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

पीडितको उपचारका लागि दुर्गा गुरुङ र रामसिंह गुरुङको संयुक्त नाममा कामना विकास बैंकमा खोलिएको संयुक्त खातामा उक्त उपचार सहयोग रकम पठाएको चारभञ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगाबहादुर गुरुङले जानकारी दिए ।

पर्वत जिल्ला चार भञ्ज्याङ अन्र्तगत फलेवास नगर पालिका– ८ ठाना काफलबोट गाउँभई  बुटवल निवासी आशक्ति घले  गुरुङलाई  उपचारका लागि यस अघि गंगावहादुर गुरुङले ७ लाख ५७ हजार  ५ सय रुपैया सहयोग प्रदान गरेका थिए ।

चारभञ्ज्याङ तमु समाज हङकङले १० लाख २२ हजार ५ सय रुपैया सहयोग गरेको छ । बुटवल रामनगर स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत कक्षा १० मा अध्ययनरत मिगौर् ला पीडित आशक्ति घले  गुरुङ पुस २७ गते बाट हप्तामा दुइ पटक गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलासिस गराउदै  आएकी थिइन ।

उनलाई उपचारकै लागि काडमाडौं लगिने भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले चारभञ्ज्याङ तमु समाज हङकङले अभियान सञ्चालन गरी सहयोग गरेको हो।

Related News

सम्बन्धित समाचार

  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…
  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…

hero news full width