स्नातकोत्तर उत्तीर्ण २५ तमुको सम्मान

एजेन्सी
फागुन २८, २०७५
tamu_Fotor

पोखरा, २७ फागुन । तमु प्ये ल्हु संघ केन्द्रीय समिति नेपालले स्नातकोत्तर उत्तीर्ण गरेका २५ जना तमुहरुलाई एकैथलोमा सम्मान गरेको छ।

तमु प्ये ल्हु संघ संस्थापक अभियन्ताको रुपमा योगदान पु¥याएका संघका वर्तमान वरिष्ठ उपाध्यक्ष क्याप्टेन इन्द्रबहादुर च्हम्रु तमु प्ये ल्हु संघमा सम्बद्ध भएको ३० वर्ष पुगेका अवसरमा उनको प्रायोजनमा संचालित “स्नातकोत्तर उतीर्ण तमु विद्यार्थी सम्मान” बाट विभिन्न विषयमा स्नातकोत्तर तमुहरुलाई पोखरामा सोमबार आयोजित समारोहमा सम्मानपत्र, दोसल्ला, क्रमु, मालाले सम्मान गरिएको हो।

प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख शिक्षाविद प्राडा वीरेन्द्रसिंह गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी टु तमु, सम्मान कार्यक्रमका प्रायोजक तमु प्ये ल्हु संघका वरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर च्हम्रु तमु, संस्थापक सदस्य भोवर पाल्चै तमुले स्नातकोत्तर तमुहरुलाई सम्मान गरे ।

सम्मानित हुनेहरुमा शान्ति तमु, अधिवक्ता जूनाकुमारी तमु, तेजबहादुर च्हाक्ली तमु, पोलबहादुर तमु, हुमबहादुर तमु, भीमबहादुर तमु, लोकबहादुर तमु, कर्णबहादुर तमु, गौरी तमु, खिमबहादुर तमु, कञ्चन तमु, मैया तमु, रेनु तमु, जीवन तमु, रेश्मा तमु, देवकुमारी तमु, विजय तमु, रेनु तमु, रविन्द्र तमु, शीला तमु, धनबहादुर तमु, अनुप तमु, लक्ष्मी तमु, डोककुमारी तमु र मिलन तमु रहेका छन् ।

उच्च शिक्षाप्रति प्रोत्साहन एवं स्वेदशमै स्थापित हुन अभिप्रेरित गर्न स्नातकोत्तर उत्तीर्ण तमुहरुलाई सम्मानको थालनी गरिएको आयोजकले जनाएको छ।

प्रमुख अतिथि प्राडा गुरुङले सम्मानित स्नातकोत्तर तमुहरुलाई बधाई दिँदै प्राप्त शिक्षा समुदाय, समाज र राष्ट्रका लागि सदुपयोग गर्न आग्रह गरे । सम्मानले भावी दिनमा समाजमा सकरात्मक परिणाम दिने उनको विश्वास थियो। सम्मानितमध्ये हुमबहादुर तमुले मास्टर्स उत्तीर्ण गरेको धेरै वर्षपछि सम्मानित भएकाले जोश जाँगर थपिएको बताए । उनले तमु समुदाय, समाज र राष्ट्रका लागि थप सेवा गर्ने उद्घोष गर्दै तमु एकता, तमुका अधिकार, पहिचान, समानता, राज्यका कुर्सीमा पु¥याउन र तमुहरुको व्यवसाय, सेवा वृद्धिका लागि सबै जुट्नुपनेर्मा जोड दिए ।

सम्मानित अधिवक्ता जूनाकुमारी तमुले सम्मानले ठूलो प्रेरणा प्राप्त गरेको बताइन् । उनले तमु प्ये ल्हु संघ र सम्मान कार्यक्रमका प्रायोजक क्या.इन्द्रबहादुर च्हम्रु तमुको गुनलाई कहिल्यै नबिर्सने बताइन् ।

कार्यक्रमका प्रायोजक तमु प्ये ल्हु संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष क्या.इन्द्रबहादुर च्हम्रु तमुले शिक्षित तमुहरुलाई प्रोत्साहनका लागि सम्मानको शुरु गरेको र यसले आगामी दिनमा पनि निरन्तरता पाउने बताए ।

उनले आगामी दिनमा स्नातकोत्तर तमु सम्मानका लागि अक्षयकोष स्थापना गरी प्रत्येक वर्षको फागुन २७ गते स्सम्मान गरिँदै लगिने घोषणा गरे।

यस वर्ष पोखरामा रहेका स्नातकोत्तर तमुहरुलाई सम्मान गरिएको र आउँदो वर्षदेखि देशैभरका तमुहरुले सम्मान गरिने उनको भनाइ थियो। तमुहरुले शिक्षा, तमु एकता, तमुका अधिकार, पहिचान सुरक्षित, मौलिकताका संरक्षण गर्न सबै जुट्नुपर्ने आग्रह गे।

रोयल दिदीबहिनी किचनमा तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा भएको कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष पमबहादुर क्रोम्छे तमुले स्वागत मन्तव्य राखेका थिए भने सहसचिव लोकेन तमुले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width