शिवपुराण ज्ञान महायज्ञबाट ३० लाख

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७५
mahagaya_Fotor

देवघाटधाम विराट ज्ञान महायज्ञ समापनपछि महेश सन्यास आश्रमको प्राङ्गणमा आयोजित कृतज्ञता ज्ञापन समारोहमा सहभागी यज्ञकर्ता, वटुकसहित भक्तजनहरू। माघ २२ गतेबाट शुरू भएको महायज्ञ फागुन १ गते समापन भएको थियो। आदर्श समाज

लमजुङ, २७ फागुन। वेशीशहर नगरपालिका–११ चिति तिलाहारको शिद्देश्वोर महादेव मन्दिरमा सञ्चालन गरिएको शिवपुराण ज्ञान महायज्ञमा ३० लाख रुपैयाँ दान संकलन भएको छ। संविधानसभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा महायज्ञका मुख्य चन्दादातालाई सम्मान गर्न आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो।

मन्दिर परिसरलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल बनाउने उद्देश्यले नौ दिनसम्म महायज्ञ सञ्चालन गरिएको थियो। सो अवसरमा दर्शन गर्न आउनु भएका श्रद्धालु भक्तजनले चढाएको भेटी तथा दानबाट ३० लाख रुपैयाँ संकलन भएको आर्थिक संकलन उपसमिति संयोजक शिवप्रशाद जोशीले बताएका हुन् ।

प्रमुख अतिथि घलेले धर्मकर्महरू भड्किलो, महंगो र झन्झटिलो नभएर सरल हुनुपर्ने बताए। उनले समाजमा धार्मिक आस्था र विश्वासले समाजमा नैतिकता, ईमान्दारिता असल संस्कार र आचरको विकास गर्ने हुनाले धार्मिक ज्ञानको बारेमा अध्यान र त्यसलाई ब्यावहारमा उतार्नु पर्नेमा जोड दिए।

वेद अनुयायी संस्थापक श्रीशान्ति स्वरुपानन्द दामोदर बाबाले ब्रामणहरूलाई ब्राह्मणले गर्ने कर्महरू गर्न तर लोभ नगर्न पनि आग्रह गरे। धर्मका नाममा हुने शोषण, छुवाछूत, भेदभाव गलत रहेको भन्दै यसले धार्मिक आस्था र विश्वासमा विचलन ल्याउने हुनाले सजक रहनुपर्नेमा जोड दिए।

महायज्ञ प्रचार प्रसार उपसमिति संयोजक वासुदेव सेढाईले महत्वपूर्ण र ऐतिहासिक मन्दिर ओझेलमा परेको भन्दै स्थानीयहरूको सक्रियतामा शिवपुराण महायज्ञ गरिएको बताए ।

कार्यक्रममा महायज्ञ मूलआयोजक समिति अध्यक्ष एवं वेशीशहर–११ का वडा अध्यक्ष अचुतबाबु बगाले, मन्दिर व्यवस्थापन समिति अध्यक्ष शुभानिधि पाण्डे र आर्थिक संकलन उपसमिति संयोजक शिवप्रसाद जोशीले धार्मिक कार्यबाट मन्दिर बनाउने जस्तो पवित्र कार्यको लागि भनेर उठाएको रकम हिनामिना हुन नदिने सामूहिक प्रतिबद्धता ब्यक्त गरेका थिए।

समापन कार्यक्रममा ५ हजार र सोभन्दा माथिको रकम दान गर्ने दातालाई सम्मान गरिएको थियो भने साहित्य समाजका अध्यक्ष स्थिर घिमिरेले साहित्यिक कविता प्रस्तुत गरे । वेशीशहर नगरपालिका– ११ का वडा अध्यक्ष अचुतबाबु बगालेको अध्यक्षतामा भएको सञ्चालन आर्थिक उपसमिति संयोजक शिवप्रशाद जोशीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width