ओम बैंक र राष्ट्रिय बीमाबीच सम्झौता

एजेन्सी
फागुन २८, २०७५
Rastiya Beema company and Om dev bank MOU Photo_Fotor

पोखरा, २७ फागुन । ओम डेभलपमेन्ट बैंक लि.र राष्ट्रिय बीमा कम्पनी बीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका हुन ।

सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएको नयाँ बचत खाता सुरक्षित जीवन वचत खाता खोल्ने ग्राहकहरुको रु सात लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ ।

त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले तोके बमाजिमको रहेको पनि बैंकले जनाएको छ । जसअनुसार संस्थाहरुले आफ्ना कर्मचारीहरुको खाता यस अन्तर्गत खोली कारोबार गरेमा ऐनले तोके बमोजिम दुर्घटनाको बीमा बैंकको तर्फबाट गरिदिने पनि बैंकले जनाएको छ ।

साथै यसअघि पनि बैंकले बैंकान्सुरेन्स सम्बन्धमा बिभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी कारोबार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • गोल्डेन सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०७९
    पोखरा। गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि., पोखराले १४ औं वार्षिकोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा…
  • १८ औं संस्करणको लेखनाथ महोत्सव तयारी

    रामशरण नेपाली मंसिर १७, २०७९
    लेखनाथ, १७ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले पुस पहिलो सातादेखि १८ औं संस्करणको लेखनाथ महोत्सव–२०७९ गर्ने भएको छ । शनिवार…
  • एड्भान्स कुकिङ तालिमका सहभागीलाई प्रमाणपत्र

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०७९
    गोरखा । गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एक हप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई हालै प्रमाणपत्र वितरण गरिएको छ । होटल…
  • पाेखरामा औद्योगिक व्यापार मेला सुरू

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला शुक्रबारदेखि पोखरामा सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा १६ देखि २५…
  • १८ औं लेखनाथ महोत्सव : दिनहुँ छलफल र बैठक

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ आयोजना हुने १८ औं लेखनाथ महोत्सव तयारी तीव्र…

hero news full width