अव स्वतन्त्र मधेशको नारा लाग्दैन – गृहमन्त्री थापा

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७५
ram b

  • सिके राउतले स्वतन्त्र मधेशको नारा त्यागी सकेका छन ।
  • स्वतन्त्र मधेशको नाराबाजी अन्तिम हो। 

बुटवल, २६ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेशको नाराबाजी अन्तिम भएको दावी गरेका छन् ।

स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतले स्वतन्त्र मधेशको नारा त्यागी सकेको र उक्त सन्देश अझै कार्यकर्ता माझ नपुगेकोले नारा लागेको हुन सक्ने दावी गरे ।

गृहमन्त्रालयले भैरहवामा आयोजना गरिएको प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा बोल्दै गृहमन्त्री थापाले राजनीतिक सहमति भएकै कारण भविष्यमा यस्ता नाराबाजी नहुने बताए । सहमतिमै यस्ता नारा, झण्डा प्रयोग नगर्ने स्पष्ट सहमति भएको पनि बताए ।

गृहमन्त्री थापाले मधेशका विषयमा जनमत संग्रहको कुरा हुन नसक्ने पनि स्पष्ट पारे । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप विविध विषयमा छलफल, अन्तरक्रिया तथा प्रस्तुतीकरण हुने ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको भैरहवामा आइतबारदेखि सुरू भएको हो ।

गोष्ठीमा प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती र त्यसका समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा छलफल भएको छ ।

गोष्ठीमा प्रदेश ५ का आन्तरिक मामिला मन्त्री सुर्दशन बराल, गृह सचिव प्रेम कुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, उक्त प्रदेश अन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width